झापाको दमकवाट हतियार र नक्कली नोटसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा दमक-१३ का प्रेम विष्ट विवेक लिम्वु सुन्दर लिम्वु र डिल्ली लिम्वु रहेका छन् । उनिहरुको साथवाट दुई थान कटुवा पेस्तोल र तीन राउण्ड गोली समेत वरामद गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।उनिहरु म्ाथि अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख नविन काकार्ीले बताउनु भयो । सुराकिको आधारमा गए राती उनिहरु स्थानिय एक होटलबाट पक्राउ परेको प्रहरीले बताएको छ । उनीहरुले नक्कली नोटको कारोवार समेत गर्ने गरेको प्रहरीले अभियोग लगाएको छ । त्यसै गरि सोमवार राती विराटनगरको अस्पताल चौकवाट पक्राउ गरिएको वताइएको उनीहरुवाट एक थान कटुवा पेस्तोल वरामद गरिएको प्रहरीले वतायो । उनीहरु तीदिन अघि पक्राउ गरिएका दुइजना शम्मु मसैताका मतियारहरुका सहयोगि रहेको प्रहरीको भनाइ छ । हाल सप्तरी कारागारमा रहेका शम्भु मसैताले जेलभित्रैवाट आफनी श्रीमती र सहयोगी परिचालन गरि फिरौती उठाउने कार्य गर्दै आएका थिए ।
Monday, August 24, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।