Wednesday, August 19, 2009

शरणार्थी शिविर वेलडाँगी खोला

रतुवा खोलामा उर्लेको बाढी भुटानी शरणार्थी शिविर वेलडाँगी-१ प्रवेश गर्नै लागेको सहयोगी अर्जुन प्रधानले जानकारी दिएका छन् । उनका अनुसार वेलडाँगी-१ सेक्टर इ भन्दा रतुवा खोला ७० मिटर जतिमात्र टाढा आइपुगेको छ । तिव्र गतिमा उर्लेको बाढीले तिव्र रुपमै खोलाको किनारा कटान गरिरहेको छ । यहि गतिमै कटान जारी राख्ने हो भने भोलि विहानसम्ममा खोलाले शरणार्थीको छाप्रा बगाएर लैजाने सम्भावना प्रवल रहेको उनले जानकारी दिएका छन् । सम्भावित खतरालाई मध्यनजर गर्दै वेलडाँगी -१ का कतिपय शरणार्थीहरु सुरक्षित स्थानको खोजी गर्दै बेलडाँगी -२ र ३ का आफन्तकहाँ आफ्ना सर-सामानसहित जान थालेका छन् । यस सम्वन्धमा जानकारी लिन केहीवेर अगाडि युएनएचसीआर र नेपाल सरकारका प्रतिनिधि कटान भएको स्थान पुगेर फर्केका छन् । उनीहरुले त्यहाँ तत्कालको सुरक्षाका लागि बोरामा माटो भर्ने लगायतका उपाय अपनाउने बताए । शरणार्थी समन्वय इकाईका शिविर प्रमुख हर्क बहादुर राईले यसबारे जानकारी र सुरक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई एक पत्र पठाएको पनि जानकारी दिएका छन् ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।