अविरल वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा बुधबार झापामा एक जना भूटानी शरणार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा दमकस्थित भूटानी शरणार्थी शिविर बैलडाँगी-३ सेक्टर बी-फोर छाप्रा नम्बर ३३ की ४५ वर्षीया दीलमाया मगर रहेका छन । इलाका प्रहरी कार्यालय दमकले दिएको जानकारी अनुसार शिविर नजिकैको जंगलमा दाउरा काट्न गएकी मगरलाई मावा खोलाले बगाएको थियो । बुधबार विहान बगेकी उनी दिउँसो १ः ३० बजे दमक ५ को दुम्सेमा मृत भेटिएकी दमक प्रहरी प्रमुख नविन कार्कीले बताउनु भएको छ ।
Wednesday, August 19, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।