Sunday, August 16, 2009

विस्थापितहरुको कन्त बिजोग

बिष्णु पौडेल

वाढीका कारण झापाका विभिन्न गाविसबाट विस्थापित परिवारहरुको कन्त विजोग भएको छ । कन्काई विरिङ रतुवा र कमल खोलामा आएको बाढीबाट सनिबार यता विस्थापित झण्डै ३० घर परिवारका दुई सय मानिसहरुलाई खाना बस्नके समस्या भएको उनिहरुे बताएका छन । रतुवाको बाढीले विस्थापित कोहवरा-४ का एक दर्जन घर परिवारका ६० भन्दा बढी मानिसहरुले दुई रात स्थानिय जनता प्रा।वि।मा कष्टका साथ गुजारेका छन । उनिहरुलाई राहातको बनदोवस्ति नभएको स्थानिय यादव अधिकारीले जानकारी दिनु भएको छ । त्यस्तै कन्काईको बाढीका कारण विस्थापित माहाभारा-९ रंगीयाथानका १० घर परिवारका ४७ जना त्यहाँको एउटा धर्मसालामा आस्रय लिएर बसरहेका छन । त्यहाँ बाट मान सिह राजवंशी जयराम राजवंशी रेवत राजवंशी उलम राजवंशी जितन राजवंशी सोम वती राजवंशी जलन राजवंशी अजिम राजवंशी र चन्द्रनारायण राजवंशीको परिवार विस्थापित बनेका हुन । त्यसै गरि सोही खोलामा आएको बाढीले पाचगाछी-७ बाट पछिल्लो पटक विस्थापित एक परिवार सहित कुल ८ परिवारका ४५ भन्दा बढी मानिसहरुको पुन्र्ववासको व्यवस्था हुन सकेको छैन । उत्ता विरिङ र कन्काई दुबै नदीको बाढीका कारण टागन्डुब्बा ८ र ९ बाट विस्थापित भएका २५ घर परिवारलाई सिमलबारी स्थित सुरक्षित स्थानमा सारिएको र शरणामति-१ देखि ५ नम्बर वडा सम्मका १९ घरमा बाढीले क्ष्यति पुर्याएको बताइएको छ । विस्थापित परिवारहरुलाई राहात तथा पुनस्थापनाका लागि आज बसने जिल्ला स्थित दैवि प्रकोप तथा उद्धार समितिको बैठकले निर्णय गर्ने झापाका निमित प्रमुख जिल्ला अधिकारी लेखनाथ पोख्रेलले जानकारी दिनु भएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।