दमक स्थित माच संबद्ध संघीय लिम्बूवान राज्य परिषदको केन्द्रीय कार्यालयमा प्रवेष गरि एक समुहले हिजो अपरान्ह तोडफोड गर्नुका साथै परिषदका सचिवालय सदस्य प्रेम दिप थाम्सुहाङ र लिम्बूवान भोलेन्टियस्रका केन्द्रीय उपकमाण्डर गणेश आङदेम्बे माथि हात पात गरेको छ । सो समुह लिम्बूवान राज्य परिषदको सन्जुहाङ समुह भएको दावि परिषदले गरेको छ । उनिहरु म्ाथि पारिवारिक र व्यत्तिगत विषयमा वबाद भई कुट पिट भएको बताइएको छ । यसै विच सो घटनाको विरोधमा माच संबद्ध परिषदको भोलेन्टियस्रले गए राति १० बजे एक्कासी दमकमा राके जुलुस प्रर्दशन गरेको थियो । जुलुसमा सहभागिहरुले बोकेका घरेलु हातहतियार र उनिहरुको आक्रोसित नाराले दमक चोक आसपास सन्त्रास फैलिएको थियो । जुलुसमा सहभागिहरुले आफुहरुमाथि आक्रमण गर्ने समुह दमकमै लुकिछिपि बसेको आसंकामा कतिपय संकास्पद ठाउहरुमा एक्कासि छापा मारेका थिए ।
Sunday, August 16, 2009
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।