Thursday, August 13, 2009

दमकमा विभिन्न शिर्षकमा ८ करोड बराबको बजेट

चालु आर्थिक वर्ष झापा निर्वाचन क्षेत्र नं। ७ मा बिकास निमार्ण तथा नदी कटानी नियन्त्रणका लागि राष्ट्रिय र साना योजना गरि करिव ८ करोड रुपैया बराबरको बजेट विनियोगन गरिएको छ । पत्रकार माच दमकले आइतबार झापको दमकमा आयोजना गरेको भेटघाट कार्यक्रममा झापा क्षेत्र नं। ७ का संविधान सभाका सदस्य विश्वदिप लिङ्देन सुरेशले सो कुराको जानकारी गराउनु भएको हो । विषेश गरेर ठूला योजनाहरुमा झापा लखनपू र इलाम महमाई सडक मार्गमा पर्ने चाजु खोलमा पूल निमार्णको लागि ३ करोड ४० लाख दमक रवी सडक खण्ड निमार्णको लागि ३ करोड कमलझोडा खानेपानि आयोजनाको लागि १५ लाख रुपैया बजेट विनियोजन भएको वहाँले बताउनु भएको छ ।विनियोजित बजेटहरुमा दमक चक्रपथ सडक ग्राभेल निमार्ण र रतुवा-मावा नदी नियन्त्रणको लागि २५÷२५ लाख गरि ५० लाख रुपैया विनियोजन गरिएको जनाइएको छ । त्यसैगरि यसै क्षेत्रका अन्य योजनाहरुका लागि २८ लाख बराबरको संयुत्त बजेट विनियोजन गरिएको छ । उत्त बजेट मार्फत दमक १३१४ र १५ नम्बर वडाहरुमा तठवन्दन १३ नं। वडाको उत्तर तर्फ नदी नियन्त्रण महेन्द्र राजमार्ग अन्र्तगत उत्तर तर्फमा बाध निमार्ण धरमपुर गाविसको सिगारी खोला नियन्त्रण तोपगाछी गाविसको ढ्याङ्ग्रे खोला नियन्त्रण लगायत ठाउँहरुमा विनियोजन गरिएको सभासद लिङ्देनले जानकारी दिनु भएको छ । त्यसै गरि जिल्ला बिकास समिति अन्तरग ५५ करोड रुपैया एक मुष्ट बजेट विनियोजन गरिएको छ । सो रकम मार्फत कालो पत्रे गरिने सडकहरुमा केरखा-क्याम्पा सडक खण्ड धरमपुर-सुक्रबारे-पाचँगाछी सडक खण्ड र दमक तारावारी सडक खण्ड रहेका छन । ग्राभेल गरिने सडकहरुमा लखनपुर-१- मंगलबारे सडक कृष्णमन्दीर-वेलडागी खण्ड अमलडागी-समयगड-बैगुनधुरा सडकखण्ड केरखा-चुलाचुली खण्ड र लखनपूर-लालधोन्द्रा कोहवरा चोक सडक खण्ड रहेको जनाइएको छ । कुल बिनियोजित ८ कारोड बजेट मार्फत धरमपुर पाचगाछी जोड्ने कमल खोला ढ्याङ्गी खोला र भुतलुङ खोलामा गरि ३ पुल समेत निमार्ण गरिने भएको छ । माचका अध्यक्ष चेतन अधिकारी अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष बिष्णु सुब्बा केन्द्रीय पास्रद भूपेन्द्र ति_िम्सना क्रान्तिकारी पत्रकार संघ झापाका उपाध्यक्ष दिपेनवाला राई लगायतले बोलेका थिए ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।