सरकारले बटो बनाउनको लागि ठूलै रकम विनियोजन गर्लाकी भनेर आसावादी बनेका दमक-रवी जोड्ने फल्गुनन्द सडक खण्डका उपभोत्ताहरुको आशा फेरी निरासामा परणत भएको छ । कुल ४७ किलो मिटर लामो दुरी भएको उत्त सडकको निमार्ण कार्य सुरु २०५२ साल देखिनै गरिएको हो । निमार्णको लागि हाल सम्म सरकार र उपभोत्ताहरुले संयुत्त रुपमा करिवन ५ करोड भन्दा धेरै खर्च गरिसकेको छ । यतीका धेरै खर्च गर्दा पनि बाटो भने हिउदको ८ महिनाको लागि मात्र बनेको दमक रवस् सडक खण्ड उपभात्ता समितिका अध्यक्ष सुरेस लिम्बूले जानकारी गराउनु भएको छ । वहाँ कारण सुनाउनुहुन्छ बाटो ३० प्रतिसत रतुवा खोलाको बगर हुदै जानु र सरकारले यो मार्ग निमार्णको लागि बेवास्ता गर्नु नै हो । बाटो निमार्णको लागि उपभोत्ताहरु प्नि कम्मर कसेर लागेका छन वहाँहरु यत्साहित हुनुहुन्छ त्यसै कारण हामिले सरकार संग १० करोड बजेट माग गरेका हौै हामिले आस्वासन पनि पायौ आशावादी थियौ तर आशा सबै निराशामा परिणत भएको छ अध्यक्ष लिम्बूले भन्नु भयो । आशा निरासामा परिणत हुनको कारण भने छुट्टै रहे छ अलछी गर्दै पुन अध्यक्ष भन्नु हुन्छ यो वर्ष १० करोड होइन ३ करोडका बजेट मात्र विनियोजन भएको रहेछ । यो रकम यस मार्गका लागि बाघको मुखमा झिगाँ जस्तो मात्रै भएको भन्दै उपभोत्ताहरुले गुनासो गरेका छन । विनियोजित रकाम सो मार्गमा एक पूल निमार्ण गर्न पनि अपुग रकम हुने पुन अध्यक्ष लिम्बू बताउनु हुन्छ । खोलको बगर हुदै जाने भएको कारण वर्षाको समयमा यातायात चल्न सक्दैनन् । सो समस्याबाट मुत्त हुनको लागि खोलको किनारा भित्ताहरुबाट बाटो निमार्णकार्य सुरु गरिएपनि आवश्यक बजेट नहुदा सो कार्यहरु पनि अलपत्र अवस्थामा रहेको सोही मार्गका उपभोत्त इभाङ गाविसका पूर्व सचिव पूर्ण वस्नेतले जानकारी दिनु भएको छ । यो मार्ग मेचीको अाचलको सबै जिल्लाहरु ज्ोड्ने सबै भन्दा छोटो दुरीको मार्ग हो । यो सडक निमार्ण हुन नसक्दा इलाम र पन्थरका दुई दर्जन भन्दा बढी गाविसहरुका वासिहरु आफ्नो दैनिक उपभोग्य सामान खरिद गर्नका लागि पनि बाढी पहिरो संगै झापाका बजाहरुमा आउनु पर्ने वाधयताा रहेको सोही सडक अन्तरगत पर्ने रक्से बजाकरा व्यापारि सुमन राईले जानकारी रगाउनु भएको छ । करण त्यस क्षेत्रका व्यापारिहरले वर्षायामको ५ महिना पुग्ने उपभोग्य सामान खरिद गरेर गोदमकमा राख्न सक्दैनन् । भने वर्षाको समयमा त्यस क्षेत्रमा उत्पादन भएका तरकारी जन्य कुराहरु बारीमानै कुहिएर सकिनु जस्तो समस्या आफ्नै ठाउँमा रहेका छन । कोही बिरामी भएमा उपचार नपाएरै मृत्यु हुने गरेका रवी बजारका गोविन्द लिम्बू बताउनुहुन्छ । हिउदको समयमा दैनिक दुई दर्जन भन्दा बढी यात्रुवाहक ट्याक्सी मालवाहक ट्याक्टर र दर्जनो ट्रकहरु आवतजावत गर्ने यो मार्गमा वर्षा याम सुरु भए पनि कुनै पनि सवारी चल्न सम्भव नहुदा ती सवारीहरु पनि अलपत्र अवस्थामा पुगने गरेको स्थानिय व्यापारिहरुको भनाइ रहेको छ । यो मार्ग निमार्णको लागि सरकारले बजेट विनियोजनमा आफुहरुलाई उपेक्षा गरिएको महुस गर्दा गर्दे पनि उपभोत्ताहरु भने बाटो निमार्ण कार्यलाई स्थगित गर्न मान्दैनन् । उनिहरु आफै श्रम गररै भए पनि बाटो निमार्ण गर्न बताउछन । बाटो निमार्णको लागि सरकार वाहेक अन्य सहयोगी संस्थाहरुले पनि हार्थिक सहयोग गरे बाटो चाडै बन्ने कुरामा उनिहरु आशावादी छन ।
Thursday, August 13, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।