Sunday, August 30, 2009

झापा बन्द हजारौ जनजिवन प्रभावित

ट्रकको ठक्कर बाट मृत्यु भएकी झापा शनिश्चरे उच्च माविकी पबित्रा कोइरालाको परिवारलाई क्षतिपूर्ती वापत १० लाख रुपैया र दोसीलाई कारवाहीको माग गर्दै चार बिद्यार्थी संगठनहरुले आज गरेको झापा बन्दका कारण जिल्लाको जनजिवन प्रभावित बनेको छ । बन्दका कारण फटफुट बाहेक सार्वजानिक तथा निजि यातायातका चल्न नसक्दा यात्रुहरुको बिचल्ली भएको छ । शिक्षण संस्था बजार र कलकारखानाहरु पनि संचालनमा आउन सकेका छैनन् । बिद्यार्थीहरुले बिहानै देखि दमक बिर्तामोड धुलावारी भद्रपूर चन्द्रगडी सनिश्चरे लगायतका प्रमुख बजारहरुमा पुगेर खुलेका केही सटरहरु समेत बन्द गराएका थिए । बन्दका कारण नजिकिदो दशैको लागि सामान खरिद गर्न दक्षिणी इलाम र पान्थरका गाउहरुबाट दमक लगायतका बजार अहाइपुगेका व्यापारिह तथा उपभोत्ताहरु समेत मारमा परेका छन । अखिल क्रान्तिकारीका झापा संयोजक महेन्द्र भट्टराईले बन्दका क्रममा अहिले सम्म कुनै अपि्रय घटना नभएको जानकारी दिनु भएको छ । वहाँले भरै साझा सम्म पनि सम्बन्धित पक्ष गम्भिर भएर माग पुरा गर्न चासो नदेखाए फरक किसिमका आनदोलनका कार्यक्रम सार्वजानिक गर्ने समेत बतउनु भयो । भट्टराईले बन्दको बैकल्पीक उपाय खोज्ने प्रयास भइरहेको बताउनु भयो । अखिल क्रान्तिकारी अनेरास्ववियु नेवि संघ र लिम्बूवान बिद्यार्थी परिषदले संयुत्त रुपमा बन्दको आवाहान गरेका हुन । गत भदौ सात गने दुर्घटनामा कोइरालाको मृत्यु भएको थयो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।