लुथरन विश्व फिड्रेशन नेपाले आफ्नो २५औ स्थापना दीवस विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । लुथरनले स्थापना दिवसको अवसर पारेर सेामबार झापाको दमकमा आयोजना गरेको एक कार्यक्रम मार्फत सस्थामा क्रमस २५ २० १५ र १० वर्ष सम्म निरन्तर काम गरिसकेका दर्जएन कर्मचारीहरुलाई शरणार्थी मामिला सम्वन्धि अन्तराष्ट्रिय सस्था यु। एन।एच।सी।आर। दमकका प्रमुख रैनावतिले कर्मचारीलाई सम्मान तथा कदर पत्र प्रदान गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमखु रैनावतीले लुथरनलाई युएनएचसीआरको तर्फवाट हाल भइरहेको सेवा तथा सुविधाहरु निरन्तररुपमा उपलव्ध गराउने प्रतिवद्धता समेत जाहेर गर्नुभयो ।कार्यक्रममा शरणार्थी शिविर शिविर सचिबहरुको प्रतिनिधित्व गर्दै टि।वि।गुरुङले नेपाल सरकार र दातृ सघं-सस्थासगं शरणार्थीको दर्ता प्रकृयामा जोड तथा भूटानी शरणार्थी बालमाचका कार्यक्रम संयोजक इन्द्र ति_िम्सनाले बालबालिकाको क्षेत्रमा निरन्तर सेवा सुविधा प्रदान गर्न आग्रह गर्नु भएको थियो ।लुथरनका अध्यक्ष ध्रुबराज पण्डितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सरकारका प्रतिनिधि मोरङ्गका स्थानिया विकाश अधिकारी कारितास नेपाल विशव खाद्यन्न कार्यक्रम आप्रवाश सगठन स्थानिया सघ-सस्था का ब्यकि्रत्वहरुको उपश्थिीति रहेको थियो ।
Monday, August 31, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।