आज विहान रतुवा खोलाले वगाएर बेपता भएका एक शरणार्थी युवा लाई चिन्ता जनक अवस्थामा उद्धार गरिएको छ ।
बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा वेलडाँगी-१ सेक्टर सी-२ छाप्रो नं। १९६ का अन्दाजी २२ वर्षीय प्रतिमान विश्व लाई खोलाले बगाएर वेपत्ता भएको भएको हो । उनीसँगै बगेका वेलडाँगी-१ सेक्टर वी-३ छाप्रो नं। ३१६ का लाल वहादुर विश्व र सेक्टर बी- ४ छाप्रो नं। ३८६ का लाल बहादुर दर्जीलाई सोही शिविरका शरणर्थी युवा रन बहादुर राई लगायतको एक समुहले सोही बुकुवा दोभानबाट उद्धार गरेको बेलडागी-१ का अजुर्न प्रधानले जानकारी दिनु भएको छ ।
उद्धार पछी उनिहरुको दमक स्सिथत आम्दा अस्पतालमा चिन्ता जनक अवस्थामा उपचार भइरहेको जनाइएको छ । केही समय अगाडी मात्र सोही खोलाले बगाएर एक शरणर्थीको मृत्यु भएको थियो ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।