Saturday, August 29, 2009

सप्तरीमा आपराधिक कृयाकलाप बृद्धी

रितु थेवे
धरान -केही दिन यता अपराधिक कि्रयाकलापमा कमी आएको सप्तरीमा पुनः आपराधिक कि्रयाकलापमा बृद्धि भएको छ ।सप्तरीको पंसेरा गाविसमा आज बिहान ३ बजे आएका सशस्त्र डाँका समूहले ५ लाख बराबरको धनमाल लुटेका छन् । हतियार सहित ९÷१० जनाको संख्यामा आएका डाँकाहरुको समूहले गोसाइ चौधरीको घरबाट सुन-चाँदीका गरगहना र नगद गरी ५ लाख बराबरको धनमाल लुटेर लगेका हुन् । सो घटनामा संलग्न रहेको आरोपमा स्थानीयवासीले गाउँ नजिकैबाट सप्तरीको कुशहाका बिनयकुमार रामलाई हतियार सहित पक्राउ गरी प्रहरीमा बुझाएका छन् । प्रहरीका अनुसार रामको साथबाट १ थान कटुवा पेस्तोल १ थान गोली र केही घरेलु हतियार बराबद भएको छ । यस्तै सप्तरीको सकरपुरा गाविसका सुकदेव सुतिहार आज बिहान अपहरणमा पर्नुभएको छ । कृषी पेशामा संलग्न सुतिहारलाई घरमै सुतिरहेको अवस्थामा अज्ञात हतियारधारी समूहले अपहरण गरेका छन् । अपहरित सुतिहारको जीवन रक्षा र सकुशल रिहाइका लागि पहल गरिदिन परिवारजनले अधिकारवादी एवं संचारकर्मीसँग आग्रह गरेका छन् ।तराईमा सशस्त्र संघर्षरत समुह मध्येकै कुनै समूहले उनको अपहरण गरेको आशंका गरिए पनि जिम्मा भने कसैले लिएको छैन । एकदिन अघि मात्र सुरक्षा निकायले पत्रकार सम्मेलनको आयोजना गरी विशेष सुरक्षा योजना लागु भई जिल्लामा शान्ति सुरक्षाको अवस्था सुदृढ बनाइएको दावी गरेको भोली पल्टै अपहरणको घटना भएको हो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।