चाडपर्वको मुखमा हुनसक्ने कलाबजारी र कृतिम अभाव रोक्न झापा दमकका व्यापारी तथा सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन । दमक उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष बिक्रम शाहले दशै् तिहार छट लगायतका पर्वमा व्यापारीहरुले कालोबजारी र कृतिम अभाव गर्न सक्ने जनाउदै त्यसका नियन्त्रणका लागी ंसघ प्रतिबद्ध रहेको जनाउनुभयो ।कलोबजारी रोक्न प्रशासन सँग सहकार्य गरी बाणिज्य संघका पदाधिकारी पनि चाडबाडका अबसरमा कृयाशिल रहने समेत स्पष्ट पार्नुभएको छ ।सरकारले घोषण गरे अनुसार झापाका पसलहरुले अझै पनि मुल्य सुची राखेका छैनन । त्यसका निम्ती बाणिज्य संघले घरेलु तथा साना उद्योग कार्यालय सँग समन्वय गरी कार्यन्वयन गराउन समेत संघ लागी पर्ने उहाँले बताउनुभयो ।यसैगरी कालाबजारी नियन्त्रणका लागी व्यवसायीको एकल प्रयास सफल नहुने उल्लेख गर्दै सबैलाई सहयोग गर्न माडवारी सेवा समिति दमकका अध्यक्ष राजेन्द्र अग्रबालले आग्रह गर्नुभयो ।दमक जेसीजका पुर्व अध्यक्ष तथा दमकका व्यापारी संगम शर्माले उत्कृष्ट व्यापारीलाई सम्मान र खराब नियत राख्नेहरुलाई कारवाहीको व्यवस्था राखिनुपर्नेमा जोड दिनुभयो । बजारशास्त्रका प्राध्यापक तथा उपभोक्ता माच झापाका अध्यक्ष चित्रबहादुर बस्नेतले कालाबजारी रोक्न चाडपर्वको मुखमा मात्रै दौडधुप गरेर नहुने बताउनुभयो । त्यसका लागी राज्यका सम्पुर्ण सयनत्र परिचालन गरी नियन्त्रणमा सरकार कटिबद्ध रहन समेत उहाँको सुझाव थियो ।
Saturday, August 22, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।