अविरल वर्षाका कारण विभिन्न खोलाहरुमा आएको बाढीका कारण विस्थापित भएकाहरुका लागि सहयोग संकलन कार्यासुरु गरिएको छ । आइतबार झापा क्षेत्र नं। ७ मा सभासद विश्वदिप लिङ्देनको नेतृत्वमा दमक क्षेत्रमा रहेका कृयासिल पार्टी तथा दर्ज भन्दा बढी संस्थाहरुद्धारा संयुत्त संकलन कार्या आइतबार देखि सुरु गरिएको हो । संकलन कार्यमा एकीकृत नेकपा माओवादी नेकपा एमाले नेपाली कंग्रेस र अन्य पार्टीहरुका साथै दमक उद्योग बाणिज्य संघ लयागतले सहभागिता जनाएका छन । राहात संकलनको पहिलो दिन एक लाख २० हजार नगद र अन्य सामाग्रहरु समेत संकलन गरिएको माओवादीका झापा क्षेत्र नं। ७ का सह-इाचार्ज बिमलले बताउनु भएको छ । वहाँका अनुसार संकलन कार्य केही दिन सम्म चलने छ । तयसै गरि माओवादीको नेतृत्वमा झापाको विर्तामोड भद्रपुर मेचीनगर लगायतका क्षेत्रहरुमा सभासदहहरुको अगुवाइमा राहात संकलन कार्य भइरहेको एकीकृत नेकपा माओवादी झापा जनपरिचालन संयोजक राजुले जनकारी दिनु भएको छ । केही दिन अगाडीको अविरल वर्षाका कारण विभिन्न खोलाहरुमा आएको बाढीका कारण दुई दर्ज भन्दा बढी गाविहरुमा क्षति पुर्याएको थियो । बाढीका कारण करिव एक हजार भन्दा बढी परिवार विस्थापित भएको प्रारम्भिक अनुमान गरिएको छ । बाढीका कारण कति क्षति भएको हो भन्ने एकीन नभएको कारण तथ्याङक संकलन र राहत वितरण कार्य सुरु गरिसकिएको सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ पोखरेलले जानकारी दिनु भएको छ ।
Sunday, August 23, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।