मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङदेनले लिम्बूवान आन्दोललाई निस्तैज पार्नका लागि सरकाले भारतबाट हतियार ल्याउने निर्णय गरेको बताउनु भएके छ ।लिम्बूवानद्धारा आईतवार झापाको पार्टीको भावि कार्यनीति र योजना सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लिङ्देनले सरकारले विभिन्न वाहानाहरु ग्र्दै लिम्बूवान आन्दोलन तथा सम्पूर्ण संघीयवादी आन्दोलनलाई दवाउन खोजेको आरोप लगाउनु भएका छ । पूर्वमा सरकारले लागू गरेको विशेष सुरक्षानीतिबाट लिम्बुवानवासी नडराउने बरु डटेर त्यस्को प्रतिकार गर्ने बताए समेत बताउनु भएको छ । वहाँले भन्नु भयो सुरक्षानीतिबाट हामी डराएका छैनौं बरु शान्तिपूर्ण लिम्बुवानी आन्दोलन दबाउने सरकारको नियत हो भने हामी डटेर प्रतिकार गर्न तयार छौं । देशमा हतियारको कुनै आवश्यकता नभएपनि हतियार ल्याएर वृहत शान्ति सम्झोतालाई धरापमा पार्नखोजेको यो बेठिक भइको वहाको आरोप रहेको थियो । एकात्मवादी सोच भएको सरकार हतियार ल्याएर संघीयवादीको आन्दोलन दबाउन नियोजित सडयन्त्रको जालो बन्दैछ नत्र किन हतियार चाहियोर वहाको भनाइ रहेको थियो । वहाले भन्नु भयो हतियारको धमासामा आफ्नो आन्दोलन नछाड्ने बरु लिम्बूवान प्राप्तीको लागि हजारौको बलिदान पदन तयार छौ । सरकारसँग २०६४ फागुन १८ गते भएको सम्झौता कार्यान्वयन गराउन दबाव दिन पार्टीले शसक्त आन्दोलन गर्ने तय गरेको बताउँदै उनले आउँदो भाद्र १८ गते नेपाल बन्दको आव्हान गरिएको जानकारी दिए । पार्टीले धरानमा विशेष लिम्बुवानी सभा गर्न व्यापक तयारी गरिरहेकोले सम्पूर्ण लिम्बूवानवासीहरुलाई सहभागि भइदिन समेत आग्रह गर्नु भएको थियो ।
Sunday, August 23, 2009
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।