झापा जिल्लास्थित दमक नगरपालिका निकै महत्वपूर्ण मानिन्छ । यो नगरपालिका जिल्लाकै पश्चिमोत्तर सीमानामा अवस्थित छ । यहाँ हजारौ पक्की घरहरु बनिसकेका छन् । द्वन्द्वकालमा बाहिरबाट धेरै मानिसहरु सुरक्षाका निम्ति दमक आई दुखेसो गर्न थाले पनि कष्टहरु भने टरेका छैनन् । अनेक रंगरुपका दुर्घटनाहरु हुँदै आएका छन् । नगरबासीहरुमा त्रास भइरहन्छ । प्राकृतिक दृष्टिकोणले नियाल्ने हो भने रतुवा र मावा खोलाले वर्षा याममा सधैं भयवित पार्दै ल्याएको छ । यी खोलाले दमक नगरपालिका मात्रै होइन इलामको चुलाचुली झापाको लखनपुर कोहवरा खजुरगाछी एवम् मोरङको मधुमल्ला उर्लाबारी राजघाट शिजुवा र महादेव गाविसहरु नराम्ररी प्रभावित छन् । तराईको बालौटे माटो सानै पानीले पनि कटान गरी दिने हुँदा यस क्षेत्रका मानिसहरु उठिबास हुँदै आन्तरिक शरणार्थी भएका धेरै उदाहरणहरु छन् । गत श्रावण ३१ गते राति १० बजेतिर झापा जिल्लाको उच्च सयंन्त्रले दमक नगरबासीमा डरको आतंक सृजना गरिदियो । रतुवा खोलामा ठूलो बाडी आउँदैछ तपाईहरु आफ्नो सुरक्षा आफैं गर्नुहोस् भन्ने माइकिङ्ग गर् यो । त्यो माइकिङ्ग थोरैले सुने धेरै निदाइ सकेका थिए र सबैले सुन्न पाएनन् । तर फोनका घण्टीहरुले सबैलाई ब्यूँझायो । केही मानिसहरु राजमार्ग र बाटाहरुम्ाा खडा हुन पुगे । एउटा भयंकर डर पैदा गराइदियो । माइकिङ्ग गराउनेमा स्थानीय राजनीतिक दलहरु र जिल्ला प्रशासन हो भन्ने थाहा पाइयो । त्यतिकै रात बित्यो । भोलिपल्ट पत्रपत्रिका पढ्दा तिनले पनि डराउने गरिनै समाचार छापेका रहेछन् । नगरबासीहरु डरैडरमा दिन बिताउँन बाध्य भए । कुरा के रहेछ भने इलाम दक्षिणवर्ती गाविस बाँझो र चुलाचुलीको सीमावर्ती सिधुवा भन्ने खोल्सीलाई पहिराले थुनी पानी जम्न लागेको रहेछ । दुई अढाई किलोमिटरसम्मै खोल्सी भिरंदै गएको रहेछ । पहिरो थुपरिएको ठाउँ नाघ्दा र एकै पटक भत्किए पानी बग्दाको अवस्था आउने हो भने साच्चै नै दमक वार्ड नम्बर १ १२ १८ १९ १० र १७ लाई खतरा थियो । तर ३१ गते साउन विशेषज्ञ टोली आएर पानी खोलेर खतरा टर् यो । तर सिधुवा खोल्साको समस्या त टर् यो रतुवामा यस्ता अनगिन्ती खोल्साहरु मिसिएका छन् । ती सधैं दमकबासीको टाउकामा जाँता भएनन् र दमक नगरको बढ्दो आवादीसँगै खोला किनारसम्मै घर छन् मान्छेले खोल्सोलाई हेप्ने गरेपछि खोलाले मान्छेलाई हेप्दैन त कि कसो खोला आतंक दमकको नयाँ रोग होइन । धेरैलाई खोलाले रुवाएको छ बिनास गरेको छ । दमकबासीको रोदन क्रन्दनको आवाज सुनिदिने कोही छ २०४८ तिरको संसदीय निर्वाचनताका एक जना नेताले रतुवाको पाता कस्न सकिन्छ भनेर बोलेका थिए । उनको त्यस भनाईलाई धेरैले खिल्ली उडाएर फेरि उनलाई भोट दिएनन् । भोट पाउनेहरुले रतुवाको पाता कस्ने हिम्मत गर्दैनन् । यथार्थमा रतुवाको पाता नकसेसम्म अर्थात् रतुवालाई पूर्ण रुपमा नियन्त्रण नगरेसम्म प्रत्येक वर्ष दमक नगरबासीको सातो जाने गरेको छ । यस कुरालाई मध्यनजर गरेर दमक नगरबासीहरुले राजनीतिक बन्धनभन्दा माथि उठेर नगरको सुरक्षा गर्छु भनी प्रतिबद्ध रहने र गर्न सक्ने नेतालाई केन्द्रीय र स्थानीय तहमा निर्वाचन गराउनु पर्दछ र रतुवा र मावा खोलाका पाता कस्दै ल्याउने चिन्तन गर्नु उचित हुन्छ । खोला नियन्त्रण जनधनको सुरक्षा गर्नु सरकारको कर्तव्य हो तर यहाँ सरकार स्थिर रहन सक्दैन । सरकारहरु कोही आफ्नै कर्मण्यले ढल्छन् कोही ढालिन्छन् । किन कि यो देशमा जनताको निमित्त होइन कुसर्ी र स्वार्थका लागि लडाई हुने गरेको देखिन्छ ।
जलवायु परिवर्तनका कारण यस वर्ष अत्याधिक गर्मीले नगरबासीलाई सतायो । दमकमा प्रायः सुख्खामा धुलो र वर्षामा हिलो नगरकै विशेषता भनेमा फरक नपर्ला । जलवायु परिवर्तनलाई रोक्ने यहाँ कुनै योजना छैनन् । अव्यवस्थित सहरीकरण र रुखरहित सडकहरु जताजतै तयारी भइरहेका छन् । जलवायुलाई सन्तुलन गर्ने तत्व बोटवृक्ष नै हुन् । त्यसतर्फ ध्यानै नदिई खेतीपाती गरिने जमिनलाई घडेरीमा परिवर्तन गरी दश फिटे बाटा राखेर चर्को मूल्यमा घडेरी बेच्न अग्रसरताले दमकमा अत्याधिक गर्मी नभए के हुन्छ त अव्यवस्थित शहरीकरणलाई रोकी जलवायुसहितलाई ध्यान पुर् याएर व्यवस्थित शहरीकरणको विकास हुन सके डर र त्रास कम हुने थियो ।
सहरी क्षेत्रमा मोटरसाइकल साइकल ट्याक्सी रिक्सा र बसहरु गुड्नु स्वभाविक हो । तर ट्याक्सी ट्याक्टर टिपर ट्रक कुद्नु अस्वभाविक हो । सहरी क्षेत्रमा यी सबै खाले साधन ती पनि अत्याधिक गतिमा गुड्नु झनै त्रासादि कुरा हो । यही कारण दमक सहरका सम्पूर्ण सडकहरु जीर्ण अवस्थामा छन् । दिनहुँ दुर्घटना हुन्छन् । किच्छन् विद्यालमा पढ्ने केटाकेटीलाई सडकबाट जोगिएर िहंड्न धेरै कठिन र डर छ । सबैभन्दा बढी मोटरसाइकलले नगरमा त्रास बढाएको छ । यस्तो लाग्छ नगरको व्यवस्था अराजक भएर अगाडि बढेको देखिन्छ । निचोडमा यहाँ दमक नगरमा खोला यातायातका साधन सडक चोरी हत्या जलवायु अव्यवस्थित सहरीकरणले त्रासै त्रासमा बाच्न बाध्य बनाएको छ नगरबासीलाई ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।