Tuesday, August 25, 2009

बिचरै बिचरा

गोपाल झापाली
देश अहिले साच्चै बिचरै-विचराहरुको भएको रहेछ । त्रिभुवन विश्व विद्यालयले प्रविणता प्रमाण- पत्र तह हटाउने निधो गर् यो स्ववियु निर्वाचनका लागि भोट बैंकमा हमला भएपछि विद्यार्थी संगठन विचरा । अण्डर ग्राजुएट विद्यालयको उच्च तह हो त्यसैले यसमा ध्यान दिनु पर्दा उच्च शिक्षा गुणस्तरीय बनाउन गाह्रो भो भन्थ्यो टिय तर विद्यार्थीको राजनीति अगाडि विश्वविद्यालय विचरा ।गरिबी निवारणको पुरानो सरकारी नारा क्यै गरी पूरा नभएपछि गरीबहरु लगेर धनी-धनी राख्न र गरिबी निवारणमा सरकारलाई सघाउन मध्य पश्चिममा आएको हैजा विचारा । पुरानौ सरकारको ओथारा थियो यो सरकारका पालामा त्यसैको चल्ला निस्केको भनेर दोषे पछि अघिल्लो सरकार विचरा । हैजा निरीक्षण गर्न गए कि सभासद् नै झाडापखालाबाट हैरानिए पछि अस्पताल भर्ना-सभासद् विचरा । विदेश भ्रमणको कुस्तिमा लागेको मन्त्रीहरु जाजरकोट जानु पर् यो-मन्त्री विचरा । को मात्र छैन विचरा यो देशमा । सधैं नुन र मक्किएका चामल बोक्ने मध्यपश्चिमका खच्चडले जीवनजलको भारी बोकेर उकालो चढ्नु पर् यो-खच्चड विचरा । सबै विचरा ।बजार अनुगमन र मूल्यसूचि निरीक्षणको फेरी लाउन सरकारी मान्छेहरुलाई भ्याई नभ्याई । अनुगमन टोली आउने भएपछि सराद्देमा जेलेका विरालो छोपे जसरी पन्नामा पि_िन्सलले मूल्य सूचि बनाउन ब्यापारीलाई धौ-धौ-ब्यापारी विचरा । अनुगमन टोलीले दोकानहरुबाट अखाद्य-खाद्य वस्तु भेट्टाउँछ वाणिज्य संघमा नेता हुन रहर गर्नेहरुलाई भोट जोगाउने ँटेन्सन’ ब्यापारीका नेता विचरा । सरकारी कार्यालयको चौघेरा ननाघेका सरकारी मान्छे अनुगमनका लागि बरांठको िसº फुक्दै बजार डुल्छन्-सरकारी मान्छे विचरा । ती विचरा सरकारी मान्छेले आफ्नो ँफेरी’ को आवाज सप्पैलाई सुनाईदे-देखाइदे भन्छन्- साचारकर्मी विचरा ।यो विचरै विचराको देशमा नेताजीहरु कहाँ छन् र नबिचरा । नागरिक सर्वोच्चताको बोत्तलमा आफ्नो अहम्ता नछिर्ने हो कि भन्ने रडाको प्रचण्डलाई-प्रचण्ड विचरा । संवैधानिक समितीको सभापति आफ्ना मान्छे नहुने हुन् कि भन्ने तराही-गिरिजा विचरा । ठूल्ठूला भाग र झण्डावाला गाडी विजयकुमारले हत्याएपछि तेस्रो मधेस आन्दोलनको गोट्टी-उपेन्द्र यादव विचरा । सरकार र पार्टीलाई नचोइट्याई डोर् याउनु पर्ने जेएन विचरा । सभपाति जिएम अध्यक्ष राजदूत मन्त्री लगायतको तराजु बोक्न थालेका दलहरु संविधान निर्माणको जुवामा खै कसरी नार्ने- संविधान सभाका अध्यक्ष विचरा । अरु त अरु भ्रष्टाचारीको आरोपमा मुद्धा हालेका सबैले जित्न थालेपछि अख्तियार विचरा । बैंककै ढिकुटीबाट हजार दरका नक्कली नोट बजार पुगेपछि राष्ट्र बैंक विचरा ।कठै को छैन विचरा । विचरा सबैलाई विचरा भन्दिने विचरा म विचरालाई चैं कल्ले विचरा भन्देला । च्व॥ । च्व। । म विचरा ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।