झापाको दमकमा अवस्थित सिद्धार्थ उच्च माध्यामिक बिद्यालयले कक्षा १२ मा ध्यायनरत ५२ जना बिद्यार्थीलाई स्कुल प्रवेसमा रोक लागाको खुलासा भएको छ । प्रवेस रोक लगाइएका बिद्यर्थीहरुद्धारा गठित पठन-पाठन सुचारु संघर्ष समिति सोमबार एक बिज्ञप्ती पारी गरि सो कुराको जानकारी गराएको हो । समितिका संयोजक रुपक सापकोटाद्धारा हस्ताक्ष्यरित बिज्ञप्तीमा केही समय अगागी शिक्षक तेजकुमार श्रेष्ठ र बिद्यर्थीहरु बिच भएको सामान्य बिवादका कारण आफुहरुलाई रोक लगाएर आफ्नो शैक्षिक भविश्य माथि खेलबाड गर्न खोजेको आरोप लगाउनु भएको छ । बिज्ञप्तीमा आफुहरुलाई स्कुल प्रवेशमा रोग लगाइएको कारण नजिकिएको आफ्नो परिक्षामा समेत बाधा पुग्ने भएको कारण सो अवस्था अउन नदिनका लागि आफुहरु आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य भएको छ । बिद्यार्थीहरुले मंगलबार बिद्यालय प्रवेसद्धारामा धर्ना बुधबार पठनपाठन ठप्प गर्ने लगायतका आन्दोनका कार्यक्रम घोषणा गरेका छन । यसरि बिद्यालयले बिद्यार्थीहरुलाई प्रवेसमा रोक लगाएर सबैको भविश्य अन्योलमा पार्न खोजेको अविभावक पदम सापकोटाले बाताउनु भएको छ । वहाँका अनुसार बिद्यालय र अविभावक विच केही दिन अगाडी बसेको बैठकले भदौ ८ गते बाट सम्पूर्ण पठनपाठन सुचारु गर्ने निर्णय गरिएको थियो । भदौ १ गते शिक्षकले सोही बिद्यालयमा कक्षा १२ मा अध्यायनरत बिद्यार्थी श्याम चौलागाईलाई शिक्षक श्रेष्ठलाई अनैतिक ब्याबहार गरेको भन्दै बिद्यार्ीहरुले गरेको प्रर्दशनिबाट बिद्यालयमा ८ लाख बराबरको क्षति भएको विभिन्न संचार माध्यममहरुमा पकाशन र प्रशारण गरिएको थियो ।
Monday, August 24, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।