Monday, August 24, 2009

हत्याको आरोपमा २ पक्राउ

शरणार्थीको हत्यामा संलग्न भएको आरोपमा झापाको दमकबाट एक भारतीय सहित २ जना लाई प्रहरीले पक्राउ गरेका छन । इलाक प्रहरी कार्यालय दमकले दिएका जानकारी अनुसार भ्ाुटानी शरणार्थी शान्तीराम नेपालको हत्यामा सलग्न भएको आरोपमा भारत आसाम घर बताउने हारा नजारी र बेलडागीँ भुटानी शरणार्थी शिविर दमकका धनबहादुर गुरुङलाई पक्राउ गरिएको हो । गत बैशाख लिबरेशन आर्मी अफ भुटानले हत्या पछि पर्चा छरेर घटनाको जिम्मेवारी लिएको थियो । तर पक्राउ परेका दुई जनाको विषयमा भने प्रहरीले थप जानकारी दिएको छैन् ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।