इलामकॊ उत्तरी गाविसमा जडीबुट्टी कृषकले लगाएको चिराइत्ोको विरुवा र पात चोरी हुन थालेपछि कृषकहरुले चोरी नियन्त्रणका लागि संगठिन रुपमा पहल थालेका छन् । माइपोखरी र सुलुबुङ्ग गाविसका कृषकले लगाएको चिराइतोको चोरी हुन थालेपछि त्यस भेगका कृषकले चोरी गर्नेलाई कारर्वाही स्वरुप पहिलोपटकमा प्रतिगोटा २५ रुपिँया जरिमाना असुल गर्ने भएका छन् । कृषकहरुले उच्च पहासडी जडिबुट्टी उत्पादक तथा संरक्षक संस्थामार्फत चोरी नियन्त्रण गर्नका लािग यस्तो पहल शुरु गरेको संस्थाले जनाएको छ । व्यक्तिगत रुपमा गरिएको पहलभन्दा सामुहिक रुपमा गरिएको पहल बढी प्रभावकारी हुने भएकाले यस्तो जरीमानाको नियम समेत बनाएको संस्थाका सदस्य समेत रहेका कृषक दिनेश सुवेदीले बताए । केहि वर्ष अघिसम्म वनमा पाइने र त्यहीबाट संकलन गरेर विक्री गरिने गरेको चिराइतोको उक्त संस्थाको पहलमा उत्तरी इलामका कृषकहरुले व्यवसायिक रुपमा खेती गर्न थालेका हुन् । व्यवसायिक रुपमा किसानले आफ्नै बारीमा चिराइतो खेती गर्न थालेपछि चोरी कार्य तीव्र रुपमा बढ्दै गएको छ । महँगो मूल्यमा विक्री हुने भएकाले चोरी नियन्त्रणका लागि कृषकहरु सचेत हुन थालेका छन् । संस्थाले जडिबुट्टी खेती गदै आएका कृषकहरुलाई प्राविधिक सहयोग गदै आएको छ ।
Sunday, August 23, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।