Thursday, August 20, 2009

सरकार प्रष्ट नभएको आरोप

दलित कल्ायण संघका केन्द्रीय अध्यक्ष मोतिलाल नेपालीले सरकार दलितको सबालमा स्पष्ट नरहेको बताउनु भएको छ । दलितहरुलाई आरक्षणमा मात्र अल्झाएर सरकारले उनिहरुलाई अवसरबाट बन्चित गराउन खोजेको आरोप लगाउनु भयो । आज झापाका दमकमा आयोजित रोजगारिमा दलित समावेसी उत्प्रेरणा गोष्ठीमा वहाँले सबै प्रकारका रोजगारिहरुमा दलितहरुलाई समान अवसर दिइनु पर्ने बताउनु भयो । जिल्ला भरीका ३० जना बढी युवा सहभागी रहेको कार्यक्रममा संघका क्षेत्रिय अध्यक्ष पिबि दीयाली झापा अध्यक्ष गोबिन्द मोते लगायतले रोजगारीमा समाबेशी गनुृपर्ने जोड दिनु भयो । कार्याक्रम दलित कल्याण संघले आयोजना गरेको हो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।