झापामा बाढीबाट विस्थापित भएका परिवाहरुको लागत संकलन र राहत बितरण आजबाट शुरु गरिने भएको छ । अविरल वर्षा संगै विभिन्न खोलाहरुमा आएको बाढीका कारण दर्जन भन्खा बढी गाबिसहरु डुबानमा परेका थिए । डुबानबाट विस्पाथित भएका परिवार अनुमानित ५ हजार बढी रहेको जनाइएको छ । बिर्तामोड नजिकै बाट बग्ने अदुवा खोलामा आएको बाढीका कारण २ हजार घर डुवानमा परि विस्थापित भएका प्रारम्भीक अनुमान गरिएको इलाका प्रंहरी कार्यालय बिर्तामोडले जानकारी दिएको छ । त्यस्तै बिरिङ नदीको डुबानबाट राजगढ शरणामति र टागनडुब्बाका ३ हजार घरहरु डुबेका थिए । रजगढमा मात्रै २ हजार बासीन्दा बिस्थापित बनेका सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ पोखरेलले बताउनुभयो । हाल विस्थापित परिवारहरुले स्थानिय बिद्यालयहरुमा शरण लिइ रहेका छन । त्यस्तै रतुवा नदीमा आएको बाढीका कारण दमक कोहबरा लखनपुरका लगायतका गाविसहरुमा करिव २ सय घर परिवार विस्थापित भएका छन । त्यसैगरि काकाई नदीमा आएको बाढीले महाभरा ४ होक्लाबारी बस्तीका २ सय घर गरेको छ । हाल सो क्षेत्रमा आवतजावत पूर्ण वन्द रहेको जनाइएको छ । ऋविरल वर्षा संगै कन्काइ्र कमल बिरिङ रतुवा लगायतका खोलामा केही दिन यता पानिको बहाव बढेको कारण हजारौ बासीन्दाहरु डुबानमा परि विस्थापित भएका छन ।
Thursday, August 20, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।