Wednesday, August 26, 2009

संचार क्षेत्रको भूमिका बढढ्दो

झापा क्षेत्र नं ६ का सभासद दिपक कार्कीले बदलीदो परिस्थितिमा संचार क्षेत्रको भूमिका अझ बढेको बताउनु भएको छ ।
पाथिभरा एफ।एम को आयोजनामा आजबाट झापाको दमकमा सुरु गरिएको १५ दिने रेडियो कार्यक्रम उत्पादन तथा उदघोषण प्रशिक्षणको उदघाटन गर्दै वहाँले संचार गृहले बढ्दो बेरोजगारी समस्या न्यूनिकरण गर्न सहयोग पुर्याउने विश्वास ब्यत्त गर्नु भयो । सभासद कार्कीले स्थानिय संचारमा माध्यहरुले स्थानिय जनताका समस्याहरुको उजागर गरि राज्यको ध्यानाकर्षण गराउन ससत्त भूमिका निर्वाह गर्नु पर्ने औल्याउनु भयो ।
कार्यक्रममा पत्रका महासंघ झापा शाखाका अध्यक्ष माहान काजीले श्रमजीवी पत्रकार ऐनको दुरुस्त कार्यन्वयनमा संचार गृहले कन्जुस्याई गर्न नहुने बताउनु भयो । वहाँले राज्यको कानुन मान्दिन भन्ने छुट कसैलाई पनि नभएको बताउदै ऐन कार्यन्वयन गर्न अटेर गर्ने संस्थालाई कारवाही गर्न सरकार संग माग गर्नु भएको छ ।
सो अवसरमा नेपाली कंग्रेसका पूर्व जिल्ला सभापत्ति पूर्णानन्द शर्मा नेकपा एमालेका तात्कालिन जिल्ला उपसचिव रोमनाथ ओली एकीकृत नेकपा माओवादीका दमक नगर सेक्रेटरी नकुल लिम्बूवानका राम चेम्जोङ क्रान्तिकारी पत्रकार संघका अधयक्ष तारामणि सापकोटा प्रेस चौतारीका गोपाल गड्तौला प्रस युनियनका गोविन्द चन क्षेत्री लगायतले सुभकामना मन्तव्य राख्नु भएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।