केही दिन अगाडीको बाढीको कारण बिस्थापित भएका झापा माहाभराका १ सय ५० जनालाई झाडापखालाबाट सुरु भएको छ । गाविसको वडा नं ४ स्थित रगीयाँ थानमा राखिएका बिस्थापित मध्ये अधिकाश बालबालिकाहरुमामा झाडापखालाको प्रकोप देखा परेको गाविसका पूर्व अध्यक्ष बिजय अग्रबालले जनाकारी दिनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालय झापाले बाढीबाट बिस्थापित बिभिन्न क्षेत्रमा स्वास्थ्यकर्मीहरुको टोली पठाइसकिएको जनाएको छ । कार्यालयका निमित्त प्रमुख महेन्द्र सिहले दक्षिणी झापाका ७ क्षेत्रमा स्वास्थ्यकर्मी र औषधी सहितको टोली परिचालन गरिएको जानकारी दिनुभयो । तर भने बिस्थापित तथा झाडापखालाका पिडितहरुले पर्याप्त औषधी नपाएको गुनासो गरेका छ ।यसैबिच बाढी बाट बिस्थापित झापाका बिभिन्न गाबिसका बासीन्दाहरुले राहत संकलन कार्य तिब्र बनाइदै गएको छ । एकिकृत माओवादी झापाले सभाषदको नेतृत्वमा बिभिन्न स्थानहरुमा टोली खटाइ राहत संकलन कार्य तिब्र बनाएको छ । क्षेत्र नम्बर १ मा धर्म घिमिरे र ७ मा बिश्वदीप लिङदेनको टोलीले राहत सकंलन गरीरहेको माओवादीका झापा सेक्रेटरी बेाधराज दहाल असिमले जानकारी दिनुभयो ।यस्तै दैविक प्रंको उद्दार समिति झापाले सहयोगका लागी सबै पक्ष सँग आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी नरेन्द्र दहालको अध्यक्ष्तामा बसेको बैठकले बाढीबाट बिस्थापित परिवारको राहत र पुनस्थापनाका लागी सहयोगका लागी अपील गरेको छ ।
Sunday, August 23, 2009
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।