झापाका विभिन्न क्षेत्रमा बाढीका कारण एक अर्व रुपैयाँ बरावरको आर्थिक क्षति भएको विवरण जिल्ला प्रशासन कार्यालय झापाले सोमबार सार्वजनिक गरेको छ । झापाको लखनपुर स्थित सशस्त्र प्रहरी बल पाथिभरा गणमा एक कार्यक्रको आयोजना गरि विवरण सार्वजनिक गरिएको हो । कार्यक्रममा उपलब्ध साधन स्रोतको परिचालन र पुर्नस्थापनाको कार्यको विषयमा समेत जानकारी दिएको हो । प्रमुख जिल्ला अधिकारी नरेन्द्र दाहालले सुरुमा पचास करोड रुपैयाँ बरावरको आर्थिक क्षति भएको अनुमान गरिएतापनि सबै क्षेत्रमा अनुगमन र तथ्याङक संकलन पछि सो परिणमको ठिक दोब्बर भएके बताउनु भयो । उहाँका अनुसार दश वटा गाविस अती प्रभावित र बाँकी १४ गाविस तथा नगरपालिकालाई आिशंक प्रभावित भनि वर्गीकरण गरिएको छ । ती मध्येपनि टाननडुब्बा डाँगीवारी कुमरखोद शरणामती घैलाडुब्बा अनारमनी सहितका दश गाविस बाढीबाट अति प्रभावित छन् ।निमित प्रमुख जिल्ला अधिकारी लेखनाथ पोख्रेलका अनुसार बाढीले विभिन्न २९ वटा पुल बगाएर गाउँ र नगरपालिकाहरुबीचको सम्बन्ध विच्छेद गरेकोले दैनिक एक लाख झापालीलाई आवत जावत र दैनिक जीवन यापनमा समस्या भएको छ । कार्यक्रममा सार्वजानिक गरिए अनुसार पूर्ण बिस्थापित ५ सय जनालाई २६ वटा शिविरमा बस्ने व्यस्था गरिएको छ । प्रभावित क्षेत्रमा सहयोगका लागि संयुक्त राष्ट्र संघीय निकायलाई समेत अनुरोध गरिएको बताउँदै पोख्रेलले केन्द्रीय दैवी प्रकोप द्धार समितीलाई थप सहयोग गर्न आग्रह गरीएको छ ।
Monday, August 24, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।