कर्णकुमार श्रेष्ठ
भएकै कुरा हो-नेपालका राष्ट्रप्रमुखहरुले धेरै पटक भारत भ्रमण गरिसकेका छन् । र हामीलाई यो पनि थाहा भएकै कुरा हो भारतले नेपाल प्रति राखेकेा मैत्रीभाव र मैत्रीपूर्ण व्यहारको प्रचार-प्रसार समय-समयमा साचार माध्यमबाट आइनैरहन्छ । हामी यसबाट विश्वस्त हुने गछौं कि हाम्रो मित्र राष्ट्र भारतले हाम्रो देश नेपाल र हामी नेपालीहरुमाथि कुनै बद्नियत कहिल्यै राख्दैन । राष्ट्र प्रमुखहरुको पटक-पटकको भारत भ्रमणले नेपाल-भारतबीचको सुमधुर सम्बन्ध स्थापित भए भारत-नेपालबीचको सम्बन्ध अझ प्रगाढ भएर जान्छ भन्ने कुरामा नेपाली जनताले आशा राखेका थिए । र अझै पनि आशा राख्दैछन् र हालै हाम्रा प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमणले पनि नेपाल र नेपाली जनतालाई केही राहत मिल्ला कि भनेर जनस्तरबाट अपेक्षा राखेका छन् जुन स्वभाविक पनि हो । तर यसपालीको प्रधानमन्त्रीको भारत भ्रमणले पनि कुनै माखो मार्ला जस्तो देखिएन । त्यसैले यस भ्रमणबारे अलिकति चर्चा योग्य विषयहरुलाई बाहिर ल्याउनै पर्दछ ।सर्वप्रथम अबको प्रमको भारत भ्रमणको बारेमा कुरा गरौं । भ्रमणका उद्देश्यहरु के-के हुनसक्छन् त एउटा कुरा त्यही भयो
। अर्को कुरा ती उद्देश्यहरुलाई भ्रमण गर्नु अगावै जनता सामु पारदर्शी बनाउनु । प्रमको भारत भ्रमणको मुख्य उद्देश्यहरु पाचेश्वर परियोजना सम्बन्धी सम्झौता हुन्छ भनेर जनता सामु ल्याएको थियो । त्यो पनि एमाओवादी र अरु कम्युनिष्ट घटहरुको विरोधका कारण पन्छिएछ ।
तर त्यसवाहेको प्रमको भारतको सीमावर्ती क्षेत्रका निरिह नेपाली जनताका दुखेका घाउहरुमा लगाउने मलमपट्टिको बारेमा भारतसँग कुरा राख्छु भनेर बोलेका भने कुनै साचारमाध्यमबाट सुन्न पाइएन । केवल सुनियो कि प्रमको यो भ्रमण दुई देशबीचको सद्भावपूर्ण भ्रमण वा भेट । सबैलाई जिज्ञासा छ । यसको परिणाम कस्तो आउला जनस्तरबाट सोचिएका विषयवस्तु र सरकारको स्तरबाट सोचिने विषय फरक-फरक हुन्छ वा फरक पार्नुपर्छ भन्ने कुरा कुनै राजनीतिक शास्त्रमा उल्लेख भएको भए पंक्तिकारको यो कलम असफल भएको मान्नु पर्दछ । तर यदी त्यसो होइन भनेर राष्ट्र प्रमुख वा सरकार प्रमुखहरुको विदेश भ्रमणले यदी कुनै सन्धी-सम्झौता वा वार्ता दुई देशबीच गर्छ भने त्यो जनभावना अनुकुल हुनुपर्दछ । जनस्तरबाट सोचिएका भावनाको कदर हुनुपर्दछ । ठूला विषयहरुको मात्र सवाललाई छोडेर हेर्दा जनस्तरबाट सोचिएका विषय के-के हुन् भन्ने भारत-नेपाल सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली जनतालाई भारतका सरकारी निकाय जस्तै एसएसबीहरुले कुनै ज्यादति नगरुन् वा यस्तो ज्यादतिबारे नेपाल सरकारले भारत सरकारसँग तुरुन्त सम्झौता गरी यस्तो समस्याबाट जनतालाई मुक्त गरोस् ।अर्को कुरा भारत नेपाल बीचका सीमा स्तम्भहरु पटक-पटक सारेर भारतले नेपालमाथि देखाएको बदनियतपूर्ण व्यवहार बन्द होस् । तर प्रमको यसपालीको भारत भ्रमणमा भारतीय सीमा क्षेत्रका नेपाली जनताका चहर् याइरहेका घाउहरुका बारेमा पनि भारत सरकारसँग कुरा राख्छु भनेर प्रमले बाहिर ल्याएको पटक्कै सुनिएन । सरकार प्रमुखको भारत भ्रमणबाट कुनै ठोस कार्य हुनै सकेन भने त्यस्तो खाले भ्रमणलाई ुस्यालको हुइयाँु भन्नु पर्दछ । प्रमलगायत चौसठी जनाको भ्रमणटोली ुफेशन शोु मात्र नेपाली जनताको आँखा सावित हुनेछ ।भारतीय एसएसबीहरुबाट पिसिएका नेपाल-भारत सीमा क्षेत्रका निरिह जनताका समस्या पाचेश्वर परियोजना भन्दा सानो मानेर सरकार प्रमुखले त्यसबारे कुरा नउठाएका होलान् । तर भ्रमणको सिलसिलामा दुवै देशका सरकार प्रमुख र अगौटे पछ्यौटेहरुले हात मिलाएर रात्रिभोजमा टेवलको वरिपरी बसेर वियरका गिलास र रमका गिलासहरु जोडेर चियस्र गरेकोले जति नेपाली जनताको हृदय आकाशमा सूर्य उदाउँछ त्यसको दश गुणा बढी सीमावर्ती क्षेत्रका नेपाली जनताका आँसुका थोपाहरुले नेपाली धर्ती र आकाशमा कालो बादल ओढाइदिन्छ । यो कुरा हाम्रा मन्त्रीहरु किन बुझ्दैनन् । प्रश्न यसपालीको भारत भ्रमण टोलीलाई ।
के हो के हो मैले त कुरै बुझिन ।
ReplyDelete