झापाका होटल व्यवसायीहरुले आज देखि आफ्नाा होटल अगाडी कालो झण्डा गढेर सरकारले हालै वृद्धी गरेको अन्त सुल्कको विरोध गरेका छन । पूर्वााचल होटल व्यवसायी संघ संघर्ष समितिका सदस्य शिवप्रसाद पोख्रेले आफुहरुको माग प्रति सरकार गम्भिर नभएकोले आज देखि त्यस किसिमको विरोध कार्यक्रम सुरु गरिएको जानकारी दिनु भएको छ । व्यावसायीहरुले सरकारले बढाएको कर बहिस्कारको समेत घोषणा गरेका छन । सरकारले हालै बृद्धि गरेको अन्त शुल्क हटाउनु पर्ने अवैध मदिराको कारोबार पूर्णतया रोक्नुपर्ने चन्दा आतंक र बन्द हड्ताल सधैका लागि निर्मुल गर्नुपर्नेलगायतका दश सुत्रिय माग अघि सार्दै व्यवसायीहरुले गर्दै आएको आन्दोलन अन्तर्गत आजदेखि झण्डा गड्न सुरु गरिएको हो ।
Wednesday, August 26, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।