Wednesday, August 26, 2009

झापामा चोरी अपराध बढ्दो-

दक्षिण पश्चिम झापाका गौरादह माहारानीझोडा र आसपासका क्षेत्रमा साता यता चोरी लुटपाट र आक्रमण संम्बन्धि आपराधिक गतिवि्िध बढेको छ । सो अवधिमा माहारानिझोडाका मात्रै ६ भन्दा बढी घरमा चारी र लुटपाटका घटनाभएको बताइएको छ । गए राती मात्र माहारानी-७ का बिष्णु बहादुर खड्काको घरमा सुरुङ खनेर पसेका लुटेराहरुले नगद ७ हजार सहित झण्डै एकलाख रुपैयाँ बराबरको धनमाल लुटेको गौरादह प्रहरीले जानकारी दिएको छ । लुटेराहरुले दुई तोला चौध आना सुन र केही परिमाणका चाँदीका गहना पनि लुटेको प्रहरीले जनाएको छ । केही दिन अघि मात्रै माहारानीझोडा कै ५ घरमा पनि लुटपाट भएको थियो । ति लुटपाटमा संलग्न कसैलाई पनि प्रहरीले हालसम्म समात्न सकेको छैन । त्यसै गरि अस्ती राती गौरादको डिपु चौकमा सामानय व्यावसाय गर्दै आएका गौरादह-४ का तीलक सुवेदी माथि घर फर्कने क्रममा अज्ञात समुहले धारिलो हतियार प्रहार गरि घाइते बनाएको थियो । त्यो घटनाका पनि कुनै अभियुत्त अहिले सम्म पक्राउ पर्न नसकेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।