Wednesday, August 26, 2009

स्वास्थ्य चौकीमा बच्चा जन्माउने नौ हजार

आर्थिक वर्ष २०६५÷६६ मा झापाका नौ हजार तीन सय ७२ जना महिलाले स्वास्थ्य संस्थामा बच्चा जन्माएका छन् । बच्चा जन्माउनेहरु मध्ये सात हजार नौ सय ६१ जनाले सरकारी स्वास्थ्य संस्थामा र एक हजार चार सय ११ जनाले गैरसरकारी स्वास्थ्य संस्थामा बच्चा जन्माएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख नवराज सुब्बालेजानकारी दिनु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाले दिएको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा स्वास्थ्य संस्थामा सुत्केरी हुने आएका आठ सय ५० जनाले रु ५ सयका दरले जम्मा रु ४ लाख २५ हजार रुपैया यातायात खर्च बापत रकम भुक्तानी पाएका छन् । अन्य स्वास्थ्य संस्थाहरुले सुत्केरी गराए बापत जम्मा रु ४ लाख १८ हजार रकम जिल्ला जनस्वास्थ्य कार्यालय मार्फत् अनुदान प्रदान गरिएको जनस्वस्थ्य कार्यालयले जनाएको छ । झापामा गएको आर्थिक वर्षमा जम्मा तेतीस हजार नौ सय जना गर्भवती हुने अनुमान गरिएको थियो । यस आधारमा २३।५ प्रतिशत गर्भवती महिलाले मात्र स्वास्थ्य संस्थाबाट सेवा लिएको समेत प्रमुख सुब्बाले बताउनु भएको छ । जिल्लामा गर्भवती भएको बेलामा ६४ प्रतिशत महिलाले पूर्व प्रसूती सेवा लिने गरेको बताइएको छ । तर पनि स्वास्थ्य संस्थामा सुत्केरी गराउन जानेदर निकै कम नै रहेको जनाइएको छ । यो दर कम हुनुमा सरकारी स्वास्थ्य संस्थाको गुणस्तर गैरसरकारी संस्थाबाट प्रतिवेदन पूर्ण रुपमा प्राप्त नहुनुका साथै सामाजिक आर्थिक तथा सास्कृतिक कारणले पनि स्वास्थ्य सस्थामा सुत्केरी गराउने दरमा बृद्धि हुन नसकेको बताइएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।