Saturday, August 29, 2009

भारतीय प्रसाशनलाई ७२ घण्टे अल्टिमेटम

सिमार्वर्ती झापाको कोरोवारी-२ र ४ नम्बर वडामा पर्ने आमगार्छीमा चार दिन यता टहरा बनाएर बसेका भारतिय नागरिकहरुलाई सो ठाउँ छाड्न नेपाल प्रसासनले ७२ घण्टे अल्टिमेटम दिएको छ । सनिबार त्यहाको वस्ति हटाउन पुगेका नेपाली सुरक्षा अधिकारी सहितको टोलीले र भारतिय सिमा सुरक्षा बलका एस।एस।वी का अधिकारी तथा भारतको किसनगाज जिल्लामा पर्ने सिङगिमारी गाउ पाचायतका प्रमुख सहितको भारतीय टोलीलाई वस्ति हटाउन सो अल्टिमेटम दिएको हो । भारतीय पक्षाले दैवि विपति परेपछी आफ्नो देशका नागरिक त्यहा वस्न बाध्य भएकाले उनिहरुको बैकल्पीक बसोवासको व्यवस्था मिलाउन १५ दिनको समय मागेका थिए । नेपाली प्रसासनले भने उनिहरुलाई ७२ घण्टा भित्र सो ठाउ खाली गर्न अल्टिमेटम दिएको तमलोपाका केन्द्रिय सदस्य एवं स्थानिय बिजय कुमार अग्रवाललले जानकारी दिनु भएको छ ।

केही दिन अघि कन्काई खोलामा आएको बाढीले विस्थापित भएका ती भारतीय नागरिकहरुलाई हटाउन हिज त्यहा पुगेको कोरोवारी प्रहरी चौकीका हवल्दार दानबहादुर खड्कालाई भारतीयहरुले आक्रमण गरि घाईते बनाएका छन । उनको बिराटनगरमा उपचार भइरहेको जनाई्रएको छ । उत्त क्षेत्रमा रहेको १ सय ४३ नम्बरको सिमा स्तम्भ आसपासको नो मेन्स लेण्ड र नेपाली भूमिमा यस दशक अघि पनि भारतीयहरुको एक समुहले वस्ति बसालेका थिए । त्यस पछि लगातार रुपमा भारतीय एस।एस।बी र स्थानिय नेपाली नागरिकरु बिच पटक-पटक बिवाद उत्पन्न हुने गरेको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।