प्रहरी निरिक्षकको निर्देशनमा इलाका प्रहरी दकमको हिरासतमा रहेका झापा दमक-१० का एक युवालाई प्रहरीले हिरासतमै निर्मम यातना दिएर घाइते बनाएका छन । पूर्व प्रहरी निरिक्षक मोहन कार्की र उनका छोरा बिक्रम कार्की बिच भएको अंश विवाद पछी दमक प्रहरीले गए राती पक्राउ गरेका छोरा कार्कीलाई प्रहरीले हिरासद भित्र निर्मम यातना दएकाकारण सत्त घाइते भएको अन्य पारिवारिक स्रोतले जानकारी दिएका छन । घाइते कार्कीले उपचारको माग गरि रहदा पनि हाल उपचार गराउन नमिल्ने भन्दै भित्रै राखिएको कार्की संग भे भएका उनका साथिएरुले बताएका छन ।घाइते कार्कीका अन्य स्रोतले भने पूर्व प्रहरी भएका कारण प्रहरीलाई निर्देशन दिएर हिरासदमा राखिएको समयमा भौतिक आक्रमण गरेको दावी गरेका छन । नेपाल प्रहरीमा कार्यरत निरिक्षक कार्कीले गएको साउनमा मात्र अवकास पाएकाथिए । घाइते कार्कीको बिसयमा समाचार संकलनमा पुगेका पत्रकार युवराज बिवस र मिलन लिम्बूलाई मसेत प्रहरीले दुर ब्याबहार गरेका थिए । तस्वीर खिच्ने क्रममा प्रहरीले माथिको आदेश छ कसै संग सम्पर्क नगराउनु भनेर तस्वी खिच्नमा समेत रोक लगाएका थिए । यसै बिच जनताको सुचना पाउने अधिकार बाट वन्चित गराउदै प्रहरीले तस्विर लिन नदिएको घटना प्रती संचार संवद्ध संघ संगठनहरुले आपति जनाएका छन । नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष क्रान्तिकारी पत्रकार संघ माई पश्चिम क्षेत्रिय समितिका अध्यक्ष दिपेनवाला राई र सचिव बिष्णु पौडेलले बिज्ञप्ती जारी गरेर संचार कर्मीलाई सत्य तथ्य बाहिर ल्याउन पुर्याएको यो अवरोधले जनताको सुचनाको हक खोसिएको जनाएका छन ।
Saturday, August 29, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।