Saturday, August 22, 2009

साना तीन मोटरबाटो निमार्ण कार्य सम्पन्न

इलामाको पश्चिमि गाविस इभाङमा संचालित तीन ओटा मोटरबाटो निमार्ण कार्य सम्पन्न भएको छ ।
अर्थमन्त्रालयको पाँच लाख जिविस इलामको दुई लाख र गाविसको १ लाख गरि कुल १२ लाख उपभोत्त हरुको २ लाख ५० हजार रुपैया बराबरको श्रमदानमा ग्ाविसको वडा नं। ३ र ६ जोड्ने ७ किलोमिटर दरी भएको बाटोको निमार्ण कार्या सम्पन्न भएको उपभोत्ता समितिका अधयक्ष पूर्ण वस्नेतले जानकारी दिनु भएका छ ।
त्यसै गरि स्थानिय चतुरे बजार बाट चिभुवा जोड्ने ३ किलोमिटर दरीको सडक पनि ९ लाख ८५ हजार रुपैयाको लागतमा सम्पन्न भएको छ । उपभोत्ता समितिका सचिव इन्द्र सम्बाहाङफेले दिएइको जानकारी अनुसार सो बाटो निमार्णको लागि जिविसले ७ लाख रुपैया सहयो गरेको थियो भने उपभोत्तहरुले २ लाख ८५ हजार बराबरको श्रमदान गरेका थिए ।
त्यसैगरि वडा नम्बरु-६ मा रहेका जनकल्याण निमावि र नजिकैको लालेखोला जोड्ने दुई किलोमिटर दुरी भएको बाटो पनि निमार्ण गरि सकिएको उपभोत्त समितिका सदस्य आइन्द्र योङहाङले जानकारी दिनु भएको छ । जिविस मार्फत ३ लाख र स्थानियबासीको १ लाख बराबरको श्रमदानबाट निमार्ण सम्पन्न भएको जनाइउको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।