शिक्षा मन्त्रालयले वार्षीक रुपमा प्रदान गर्दै आएको नेपाल छात्रा बिद्या पदक झापाकी कमला चौहानले पाउने भएकी छिन् । पुर्वान्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त तोपगाछीको केर्खास्थित मदन आश्रित बहुमुखी क्याम्पसबाट उनले वि।सं २०६४÷६५ को शिक्षा संकायको स्नातक तह उत्कृष्ट अंक ल्याई उतीर्ण गरेकोमा शिक्षा मन्त्रालयले पुरस्कृत गर्न लागेको हो । साक्षरता दिवशको अवसरमा भदौ २३ गते राष्ट्रपति डाक्टर रामबरण यादवले सो पदक बितरण गर्ने तय भएको छ । चौहानसंगै मुलुकभरका अन्य संकायमा उत्कृष्ट अंक ल्याउने बिभिन्न बिश्वबिद्यालयका २६ जना छात्राहरु समेत पुरस्कृत हुने शिक्षा मन्त्रालयले जानकारी दिउको क्याम्पसका प्रमुख हेम अधिकारीले बताए । चौहान झापाको दमकलाई कार्यक्षेत्र बनाई पत्रकारिता गरिरहेका पत्रकार कृष्ण कार्कीकी श्रीमती हुन् ।
Tuesday, September 1, 2009
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।