झापाका दक्षिणा ग्रामीण भेगका किसानहरुले व्याबसायिक कुरिलो खेती गर्न थालेका छन ।खजुरगाछी गाविसले कृषि सम्बन्धि उत्पादनमूलक कार्यक्रम अन्तर्गत १ सय २५ किसानलाई २ हजार २ सय कुरिलोका विरुव्ाा वितरण गरेपछि गाउँमा व्यवसायीक रुपमा खेती शुरु गरिएको हो । बिरुवा वितरण गर्नु अघि किसानलाई खेती गर्ने तरिका र उपलब्ध हुने फाईदाको विषयमा आधारभूत तालिम दिईएको कारण किसानहरु प् उतसाहित भएर व्यायसायिकता तर्फ लाग्न थालेका गाविसका सचिव चन्द्रमोहन िसंहले बताउनु जानकारी दिनु भएको छ ।झापाको सुरुङ्गामा केही समयदेखि कुरिलोको बेर्ना उत्पादन हुने गरेको भएपनि आसपासका क्षेत्रमा थोरै किसानले मात्र खेती लगाउने गरेको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ । जिल्लामा यस्को बजारको भने अभाव रहेकोले पनि किसानहरु उतिसारो आर्कर्षित हुन नसकको बताइएको छ । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक दिनेश यादवका अनुसार उपभोक्तालाई कुरिलोको फाइदाबार जानकारी नहुँदा यसको बजार बढन सकेको छैन् । कुरिलोमा क्यालसियम म्याग्नेसियलगायतका भिटामिन र लवणको मात्रा बढी पाइने भएकोले कुरिलोको सेवनबाट गर्भवती महिला बालबालिका देखि बृद्धबद्धाका लागि समेत फाइदा जनक रहेको यादवले बताउनु भयो ।
Tuesday, September 1, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।