Tuesday, October 27, 2009

एलभि उपकमाण्डर कार्वाहीमा

लिम्वुवान राज्यपरिषदको युवा दस्ता लिम्वुवान भोलेन्टीयस्रका केन्द्रीय उपकमाण्डरलाई आर्थिक अनियमितता गरेको भन्दै निश्कासनको कार्वाही गरेको छ । माच सम्वद्ध परिषदको सो सगंठनले मगंलवार झापामा पत्रकार सम्मेलनको आयोजना गरि उपकमाण्डर गणेश आङ्दाङ्वेलाई कार्वाही गरेको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा कमाण्डर फक्ताङलुङ योङहाङले सगंठनको सुद्रीढीकरण अभियान अन्र्तगत कार्वाही गरिएको वताउनु भयो । उहाले सगठनका नाममा अराजकता मच्चाउने जो कोहीलाई पनि कार्वाहीहुने वताउनु भयो । यसै विच आरोपीत आङदेम्वेले विज्ञप्ति जारी गरि सो आरोपको खण्डन गर्नु भएको छ । विज्ञप्तिमा आफुले सगंठनको निति विपरीत रकम नलिएको जनाउनु भएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।