दिपेन वाला राई
तीन दिन अघिको बाढीले झापाको पँचगाछी स्थित कमल बनियानी नदीले पुल बगाएपछि दक्षिणी झापामा यातायात सेवा अवरुद्ध भएको छ । अविरल बर्षाको कारण ति खोलामा आएको बाढीले देुधे माहाभार सडकमा पर्नै पुल भत्कीए पछी यातायात अबरुद्ध भएको हो । सो सडक खण्डको स्थानिय बोलोचौक नजिककैको पुल भत्किएको हो । पुल भत्कीए पछि पूर्व पश्चिम राजमार्गको दुधे सडक खण्डबाट दक्षिण तर्फ चल्ने यातायातका साधन माहाभाराको कुन्जीबारी बजारसम्म पुग्न सकेका छैनन् । त्यस भेगमा दैनिक आधा दर्जनको लामा तथा छोटा आधा दर्जन यात्रुबाहाक बस कुद्ने गर्दथे । यातायात अबरुद्ध भए पछी दक्षिणी झापाको जनाताहरु हिडेरै आवागमन गर्न बाध्य बनीरहेको माहाभारा गाविसमा पुर्व अध्यक्ष बिजय अग्रवाले जानकारी दिनुभयो । महाभाराका बासीन्दाहरु हरेक बर्ष कन्काई माई र कमल बनियानी नदीमा आउने बाढीले उपद्रो बाट पिडीत हुन परीरहेको अग्रवाले बताए ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।