Sunday, October 11, 2009

ज्ातिको आधारमा संधियता हुदैन-मैनाली

ठुला राजनैतिकदलहरुले समेत जातीय राज्य स्वीकार गरीसकेको बेला नेकपा मालेमा माहासचिव सिपी मैनालीले भने जातीको आधारमा संधिय राज्यको निर्माण हुन नसक्ने बताउनुभएको छ ।आईतबार झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुदै माहासचिव मैनालीले नेपालमा कुनै पनी जातीको आधारमा बहुमत नभएकोले जातिको आधारमा संधिय राज्य निर्माण गरीनु उपयुक्त नहुने बताउनुभयो । जातीको आधारमा राज्य निर्माण गरीए द्धन्न झन चर्किने बताउनुहुदै त्यसको लागी हिमाल पाहाड र तराईलाई मिलाएर संधिय राज्यको खाका कोरीनु पर्ने जिकीर गर्नुभयो । आफ्नो पार्टी संधियताको मुद्धामा जनमत संग्रह जानुपर्ने धाराणा रहेको बताउनुहुदै नेता मैनालीले जनमत संग्रहमा जान नसक्नु मुलुमको लागी ठुलो दुर्भाग्य भएको राय व्यक्त गर्नुभयो । उहाँले आफ्नो पार्टी निर्बाचित प्रधान मन्त्रीको पक्षमा रहेको समेत बताउनुभयो ।नागरीक सर्वोच्चताको बारेमा बोल्नुहुदै मैनालीले नागरीक सर्वोच्चता राष्ट्रपतीले नभै माओवादी आफैले उलंघन गरेको तर्क गर्नुभयो । सेनापती प्रकरणमा माओवादीले संविधान नाधेको चर्चा गर्नुहुदै उहाँले त्यसलाई ढाकछोप गर्नको लागी उसले नागरीक सर्वोच्चताको कुरा उठाएको आरोप लागाउनुभयो । उहाँले भन्नभयो माओवादीको नागरीक सर्वोच्चताको आन्दोलन सरकार ढाल्ने खेलमात्र हो । नेपालको राजनिती जटीलता तिर गैरहेकोले सहमती राजनितीनै त्यसको सहि निकास रहेको नेता मैनालीले भनाई थियो ।

1 comment:

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।