एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीले आफ्नो पूर्व घोषित कर्याक्रम अनुरुप सोमबार देशभरका सम्पूर्ण नगरपालीका तथा गाविस कार्यलयहरुमा घुराउ तथा धर्ना कार्यक्रम सम्पन्न गरेको छ । नागरिक सर्वोच्चताको विषयमा बाराम्बार सदनमा छलफलहुनु पर्ने र राष्ट्रपतिको असंबैधानिक कदम खारेज हुनु पर्ने लगायतका माग गरिरहेका माओवादीले आफ्नो माग सुनुवाई नभएको भन्दै गएका कार्तिक १० गते दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजानिक गरेको हो । माओवादीद्धारा गठित संयुक्त राष्ट्रिय जनआन्दोलन नेपालले काठमाण्डौम्ा पत्रकार सम्मेलन क्रमश कार्तिक १५ गते साँझ देशव्यापी मसाल जुलुस १६ गते सबै गाविस÷न।पा। कार्यालय घेराउ तथा जनसभा १८ र १९गते सबै जिल्ला प्रशासन कार्यालय घेराउ २३ गते स्वायत्त गणराज्यहरु घोषणा साइनबोर्ड राख्ने इत्यादी २४ गते काठमाडौं उपत्यका नाकाबन्दी एअरपोर्ट समेत २६ र २७ िसंहदरबार घेराउ लगायतका ६ प्रकारका आन्दोलनका कार्यक्रम सार्वजानिक गरेको हो ।सार्वजानिक कार्यक्रमको पहिलो दिन आइतकबार साझ राजधानी लगायत देशका विभिन्न ठाउहरुमा वृहत जनसहभागितामा मसाल जुलुस सम्पन्न गरेको छ । दोस्रो दिनको कार्यक्रम अन्तरगत सोमबार पनि देशव्यापी रुपमा सबै नगरपालिका र गाविसहरुको प्रवेशद्धार अगाडी कालो ब्यानर सहित घेराउ तथा जनसभा सम्पन्न गरेको छन ।
पूर्वघोषित कार्यक्रम अनुरुप बिराटनगर उपनगरपालिकाको प्रवेषद्धारमा ब्यानर टागेर नगरपालिका घेराउ गर्दै माओवादी कार्यकर्ताहरु ।
माओवादीद्धारा घोषित कोचिला राज्यको मुख्य शहरहरु बिराटनगर इटहरी धरान इनरवा दमक बिर्तामोड भद्रपु काकाडभिट्ट त्यसैगरि लिम्बूवानका इलाम पान्थर तेह्थु धनकुटा ताप्लेजुङ संखुवासभा लगायतका सम्पूर्ण गाविस र नगरपालिकाहरु शान्तिपूर्ण रुपमा घेराउ तथा धर्ना कार्यक्रम सम्पन्न गरेको छन । कार्यालय समयमा माओवादीले प्रवेशद्धार बन्द गरेर सबेको कारण कुनै पनि कार्यलयका कर्मचारी प्रवेश गर्न नपाएको कारण सोमबार कुनै पनि नगरपालिका तथा गाविसहरुमा काम संचालन हुन सकेन । भने कार्यालयहरुलाई सशस्त्र प्रहरी र जानपथ प्रहरीको कडा सुरक्षा प्रदान गरेको थियो । प्रहरीको कडा सुरक्षा भएतापनि विभिन्न ठाउहरुम्ाा आक्रोसमा आएका माओवादी कार्यकर्ताहरुलाई नियन्त्रण गर्न कठि भएको थियो । नागरिक सर्वोच्चता स्थापना गर्छु भन्दै सडकमा आन्दोलन गर्दा सर्वसाधारण जनताले अनावश्यक सास्ती पाउने भन्दै माओवादीको आन्दोलन दवानको लागि सरकार तयारी अवस्थामा रहेका छ । भने शान्तिपूर्ण आन्दोलनमा सरकारले कुनै प्रकारको दमकको प्रयास गरे त्यसको परिणाम जनताले सडकबाटनै देखाउने माओवादी को जिकिर छ ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।