संबिधान सभाको मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिले तयार पारेको प्रारम्भीक मस्यौदामा आदिवासी जनजातिहरुको अधिकार कुनै पनि नसमेटिएको ठहर गर्दै नेपाल आदिवासी जनजाति महासंघले उक्त मस्यौदा संबिधान सभा भवन अगाडी जलाएको छ । आत्मनिर्णयको अधिकार, जातिय स्वशासन र स्वायत्तता प्राकृतिक श्रोत साधान माथीको अग्राधिकार, पुर्व सुसुचित सहमतिको अधिकार, परम्परागत ज्ञान, सिप र अभ्यासको अधिकार तथा समानुपाति समावेसी प्रतिनिधीत्वको अधिकार लगायतका अधिकारका बुँदाहरु आदिवासी जनजातिको मौलिक हकको रुपमा संबिधानमा लेखिनु पर्दछ भनि बिगत लामो समय देखि नेपालका आदिवासी जनजातिहरुले उठाउदै आएको छ तर तिनै मुद्धाहरु मौलिक अधिकारको मस्यौदामा नसमेटिए पछि नेपाल आदिवासी जनजाति महासंघले त्यसको बिरोध गरेको हो ।मस्यौदा जलाउने कार्यक्रममा संक्षिप्त मन्तब्य दिदै महासंघका अध्यक्ष पासाङ सेर्पाले यो मस्यौदाले आदिवासी जनजातिको कुनै पनि अधिकारलाई नसमेटिएकोले जलाउनु परेको भनि भन्नु भयो ।


No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।