Tuesday, December 8, 2009

संयुक्त लिम्बुवान मोर्चा, नेपालको विशेष बैठक शुरु

- डी बी आङ्बुङ
संयुक्त लिम्बुवान मोर्चा, नेपालको विशेष बैठक लिम्बुवानको विर्तामोडस्थित् किरात याक्थुङ चुम्लुङहिम् चारपाने झापामा सुरु भएको छ । मोर्चाको कार्यदलसहित शीर्षस्थ नेतृत्वहरु समेतको उपस्थितिमा शुरुभएको यस बैठकले मोर्चामा आवद्ध नरहेको संघीय लिम्बुवान राज्य परिषद् (पालुङ्वा समूह) संगको छलफल र मोर्चामा आवद्ध हुने बारे, मोर्चाको आजसम्मको गतिविधिहरूको समीक्षा, लिम्बुवानको साँध-सिमाना र मोर्चाको आगामी लिम्बुवान आमसभालगायत अन्य कार्यक्रम सम्बन्धमा विशेष छलफल र निर्णयहरु गर्ने जनाइएको छ ।
संयुक्त लिम्बुवान मोर्चा, नेपालमा संगठित राजनीतिक संगठनहरु लिम्बुवान मुक्ति मोर्चा, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा (एनेकपा माओवादी), संघीय लिम्बुवान राज्य परिषद (संघीय लोकतानिन्त्रक राष्ट्रिय मञ्च), नेपाल लोकतान्त्रिक किरात लिम्बू संघ (नेकपा एमाले), नेपाल लिम्बुवान स्वशासित संघ (एकीकृत) (नेकपा एकीकृत), लिम्बुवान प्रान्तीय परिषद (राष्टिय जनमुक्ति पार्टी), नेपाल लिम्बू संघ (नेपाली कांग्रेस) र किरात याक्थुङ चुम्लुङ रहेका छन् ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।