Friday, January 1, 2010

सेनाविरुद्ध माओवादी प्रदर्शन

नेपाली सेना हतियारसहित बाहिर निस्केको भन्दै एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरुले कैलालीको घनगढी बन्द गराएका छन्। नेपाली सेनाको टोली सडकमा हतियार सहित हिँडेको भन्दै त्यसको विरोधमा माओवादीहरुले धनगढीको ट्राफिक चौराहामा चक्काजाम गरेर प्रदर्शन गरिरहेका छन्।शान्ति सम्झौता विपरीत सेना हतियारसहित सडकमा हिँडेको भन्दै माओवादी कैलालीले यसबारे सरकारले जवाफ दिनुपर्ने माग समेत गरेको छ।नेपाली सेनाले भने ब्यारेक स्थानान्तरण गर्ने क्रममा सेना निस्किएको बताएको छ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।