Thursday, January 21, 2010

धर्मगुरुका १७ यौनदासी र ४० बच्चा


तेल अभिव इजरायल । इजरायल प्रहरीले १७ जना महिलालाई यौनदासी बनाएर राखेको आरोपमा एक तथाकथित धर्मगुरुलाई पक्राउ गरेको छ। समाचार एजेन्सीहरुले जनाएअनुसार धर्मगुरुका ४० बालबच्चासमेत रहेका छन्।
५७ वर्षिय गोअल रेटजन नामका धर्मगुरुले १७ जना महिलालाई इजरायलको तेलअभिव सशरमा विभिन्न अलग अलग स्थानमा राखेका थिए । प्रहरीका अनुसार ती सबै महिलालाई निकै सानै उमेर र सुविधाविहीन फ्ल्याटमा राखिएको थियो । गोअल त्यही उनीहरुसँग शारीरिक सम्बन्ध कायम गर्ने गर्दथ्यो । प्रहरीका अनुसार १७ जना महिलामध्ये १० जना निकै अमानवीय अवस्थामा फेला परेका थिए ।

रेटजनले पछिल्लो वर्षमा स्वयमलाई महिलाको धर्मगुरु घोषित गरेका थिए । रेटजन बेसाहरा महिलालाई साहरा दिने बहाना बनाएर सम्बन्ध कायम गर्दथ्यो र उनीहरुको यौन शोषण गर्दथ्यो । यति मात्र होइन, प्रहरीलाई दिएको बयानमा आफूले जबरजस्ती यौन सम्बन्ध कायम गरेको कुरा अस्वीकार गरेको छ। यद्यपि प्रहरीले भने रेटजनमाथि आफ्ना छोरीको बलात्कार गरेको हुनसक्ने आशंकासमेत गरेको छ।
जाँचबाट तथाकथित धर्मगुरुले आफ्ना यौनदासी महिलालाई कडा अनुशासनमा राख्ने गरेको खुलासा भएको छ। यदि कसैले गल्ती गरेको खण्डमा उनीहरुलाई कठोर दण्ड दिने गर्दथ्यो । रेटजनले ती महिला र बच्चालाई पक्राउ परेपछि आत्महत्या गर्न निर्देशन दिएका थिए । यद्यपि उसको वकिल श्लोम्तजीओन गबाईले उनीमाथि लगाएका सबै आरोप निराधार भएको बताएका छन. । उनले रेटजनले सबै महिलासँग सहमतिकै आधारमा यौन सम्बन्ध कायम गरेको दावी गरेका छन्।




No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।