हतियारसहित नेपाली भूमिमा प्रवेश गरेका आठ भारतीय प्रहरीसहित १२ जनालाई कन्चनपुर प्रहरीले दोधारा गाविसबाट नियन्त्रणमा लिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कन्चनपुरमा राखिएको छ ।
डीआईजी विमला थापाका अनुसार भारतीय सुरक्षाकर्मीहरु दोधारा गाविसस्थित सुन्दरपुरमा जयबहादुर खड्काको घरमा खानतलासी गर्न हतियार र बर्दिसहित आएका थिए ।
भारतको उत्तर प्रदेशस्थित बरेलीबाट उनीहरु नेपाल आएको थापाले बताउनुभयो । प्रहरी नियन्त्रणमा रहेकामध्ये आठ जना भारतीय प्रहरी, चारजना गाडी चालक र अन्य सहयोगी रहेका छन् ।
मोटरसाइकल चोरीको छानबिन गर्न आफूहरु नेपाल आएको उनीहरुले बताएका छन् ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।