Wednesday, January 20, 2010

निःशुल्क पढ्दैछन सहिदका बालबच्चा


नगेन्द्र राई
मेरो वुवा मर्नुभएको छैन । तोते वोलीमा मलाई यहाँ वुवाले ल्याउनुभएको हाम्रो घर प……र चौकमा छ । मलाई वुवाले याँही छाडेर घर जानुभयो । यो भनाई माघ ४ गते सुनसरीको तरहरामा रहेको सहिद स्मृति आवासिय प्राथमिक विद्यालयको नस्ररी कक्षामा अध्यायनरत साडे ४ वर्षीय आदर्शी अधिकारी गिरीले विद्यालय परिसरमा भनेका हुन् ।


द्वन्दकालमा तत्कालिन साहि नेपाली सेनामा कार्यरत उनका वुवा बावुराम अधिकारीलाई माओवादी संगठनको जनमुक्ति सेनाले गोली हानी हत्या गर्दा उनको उमेर मात्र ६ महिनाको थियो । आमालाई प्रेम विवहा गरेको कारण घरपरिवारले नस्विकारे पछि उदयपुर मावलीमा आमासंगै वस्दै आएका आदेश मावली हजुरवालाई वुवा भनेर वोलाउँछन् । उनी यस विद्यालयकै सवैभन्दा कम उमेरका विद्यार्थी पनि हुन् । एकसय भन्दा धेरै विद्यार्थीहरु अध्यायन गर्ने यस विद्यालयमा सवैको आ-आफ्नै कथा व्यथहरु छ । तीन वर्ष अघि भएको वेलवारी प्रशनाद्वारा वलत्कार पछि हत्या गरिएकी सपना गुरुङकी ११ वर्षिया छोरी निर्मला गुरुङ पनि यसै विद्यालयको कक्षा-४ मा अध्यायन गर्दै गरेको भेटिन्छ । सेनाले वलत्कार गरेर मार्नु अघि आमासैंगै सुतिरहेकी त्यो रात देखि अव कहिलेपनि आमाको न्यानो काखमा निधाउन नपाउने निर्मला साँच्चिकै यस विद्यालयमा निर्मल र प्रशन्न मुद्रामा हुन्छिन् । आमा मार्नेलाई के गर्दा सजाय हुन्छ जस्तो लाग्छ भन्ने प्रस्न गरे लगत्तै जवाफ दिन्छिन त्यसरीनै मानुपर्छ ।
ताप्लेजोङ मामाङ्खे - ५ घर भएका वर्ष ११ को युन्छोहाङ मावो कक्षा - ५ मा अध्ययनरत छन् । उनलाई यहाँ कसरी पढ्न आयौ भनेर प्रश्न गर्दा उनी स्पस्ट जवाफ दिन्छन् मेरो वावा माओवादीको कमाण्डर हुनुहुन्थ्यो । वाहाँलाई सुराकीले झुक्याएर शाही सेना लगाएर घरदेखि पर लगेर गोलीहानी २०६१ साल चैत २८ गते मार्यो । त्यसपछि आमाले मलाई यो विद्यालयमा ल्याई भर्ना गरिदिनुभयो । तत्कालीन शाही नेपाली सेना र जनमुक्ती सेना विच भएको शसस्त्र द्वन्दमा परि ज्यान गुमाएका दुवैपक्षका अविभावकका छोरा छोरीहरुलाई निःशुल्क पढाईने यो विद्यालयमा ९५ प्रतिसत भन्दा धेरै शाही सेना पीडितका वाल वच्चा पढ्दैछन् । जसमा अधिकांस शाहि सेनावाट मारिएकाहरुको छोराछोरीहरु अधिक छन् भने अरु अङ्ग भङ्ग् वेपत्ता माओवादीवाट मारिएका शाही सेनाका छोराछोरी तराईमा शसस्त्र गतिविधि गर्ने समुह वाट विस्थापित र अन्य छन् ।
खोटाङ चिसापनिका ९ वर्षिया शिक्षा राई कक्षा -१ म्ाा र ओखलढुङगा फुलवारीका १४ वर्षिया मोहन भुजेल कक्षा - ५ मा त्यसैगरी सुन्सरी भरौल सुन्सरीकी ५ वर्षिया उषा कुवर यसै विद्यालयमा कक्षा नस्ररी र मोरङ कसेनी वर्ष ७ की ज्योति भगत पनि यसै विद्यालयमा पढ्दैछन् । शिक्षाका वुवा र मोहनका वुवालाई निर्दोश निर्दोशलाई शाही सेनाले हत्या गरेका थिए । त्यसैगरी उषाका वुवालाई मधेशी टाईगर समुहले हत्यागरेपछि विस्थापित भएका हुन् । ज्योतिको वुवालाई भने माओवादी संगठनमा लागेका कारण शाही सेनाद्वारा हत्या गरिएको थियो ।
शिक्षिका सिता कोईराला भन्छिन् हाम्रा अधिकांश विद्यार्थीहरुले आफ्ना अविभावकलाई गुमाएको कारण अरु विद्यालय भन्दा हाम्रो जिम्मेवारी धेरै छ । आफु वालवालीकाहरुको उज्वल भविस्य वनाउन शिक्षक भई कर्तव्य निर्वाह गर्न पाउँदा अझ खुशी छु । शिक्षक शन्देश श्रेष्ठका अनुसार विद्यालयमा आधा भन्दा ज्यादा विद्यार्थी छात्रा छन् । हाल १८ कठ्ठा जमिनमा ४ वटा चित्राले वेरेको कच्चा भवनमा वस्न असुविधा भएकाले चाँडैनै नयाँ पक्काको भवन निर्माण गरिने विद्यालय व्यावस्थापन समितिका सदस्य भीम वस्नेतले वताउनुभयो । माओवादीको सरकारले ल्याएको नीति अनुसार सरकार वाट गठित सहिद स्मृति प्रतिस्ठानको मातहतमा रहने यसखाले ५ वटा विद्यालयहरु शैक्षिक सत्र २०६६ वाट संचालित छन् । पुर्वी नेपालको लागि यो एकमात्र विद्यालय हो ।


No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।