Saturday, January 23, 2010

गतिरोध अन्त्य संयन्त्रले गर्छ – प्रचण्ड


एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्चस्तरिय राजनीतिक संयन्त्रले गतिरोध अन्त्य, शान्ति र संविधानका लागि महत्वपूर्ण शुरुवात गरेको बताउनु भएको छ ।
काठमाडौंको गोकर्णमा निर्मित सहिद पार्क उदघाटन कार्यक्रमलाई शनिवार विहान संबोधन गर्दै उहाँले संयन्त्रले राष्ट्रपतिको कदमबाट सुरु भएको राजनीतिक गतिरोध अन्त्यको विषयमा छलफल सुरु गर्नुले सुधारको संकेत देखिएको बताउनुभयो । ‘अब छिट्टै नेपाली राजनीतिमा देखिएको कालो बादल हट्छ,’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।
अध्यक्ष प्रचण्डले संविधानसभाको चुनावमा जनताले व्यक्त गरेको भावनाअनुसार अघि बढे संवृद्ध नेपाल बनाउन सकिने उल्लेख गर्नुभयो । संविधान निर्माणको जिम्मेवारी नेपाली जनताले माओवादीलाई दिएको भन्दै उहाँले माओवादीविरुद्ध षडयन्त्र गर्नेहरु लोकतन्त्र र शान्तिकै विरोधी रहेको टिप्पणि गर्नुभयो ।
राणाकाल देखि नै अधिकार प्राप्तीका लागि ज्यान गुमाएका शहिदहरुको सपना अझै पूरा भएको छैन भन्दै उहाँले त्यसको लागि शान्ति सम्झौता अनुसार सबै प्रतिवद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
आजदेखि सर्बसाधारणका लागि खुल्ला गरिएको सो शहिद पार्कमा २००७ सालदेखि जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनका क्रममा शहिद भएकाहरुको नाम राखिने पार्क निर्माण समितिले जनाएको छ ।




No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।