नेकपा एमालेका पूर्व सांसद दानालाल चौधरीसहित सप्तरी र त्यस आसपासका जिल्ला र स्थानीयस्तरका ५ हजार कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गर्न लागेको एकीकृत नेकपा माओवादीले दावी गरेको छ ।
नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई एकैसाथ अगाडी बढाएको एकीकृत नेकपा माओवादीद्वारा आज आयोजित कोचिला-मिथिला गणराज्यको संयुक्त सभामा ती नेता कार्यकर्ताहरु प्रवेश गर्न लागेको माओवादीको भनाई छ । माओवादीले आज मिथिला र कोचिला गणराज्यको संयुक्तसभा सप्तरीको राजविराजमा आयोजना गरेको छ । सभालाई माओबादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
भारतीय हस्तक्षेपका कारण नेपाल स्वाधिन र सार्वभौम बन्न नसकेको ठहरसहित राष्ट्रिय स्वाधिनताको पक्षमा माओवादीले आन्दोलन गरिरहेको छ ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।