Friday, January 22, 2010

माल्भिका अब गुडबाई काठमाण्डौमा

पूर्वमिस नेपाल माल्भिका सुब्बा फेरि फिल्म खेल्ने भएकी छिन्। उनी हालै नयाँ फिल्ममा अनुबन्धित भएकी छिन्। व्यावसायिकभन्दा फरक धारका फिल्ममा अभिनय गर्न रुचाउने माल्भिका दोस्रो फिल्मका रूपमा गुडबाई काठमाडौंमा खेल्ने भएकी छिन्।

नुमाफुङपछि निर्देशक नवीन सुब्बाले निर्देशन गर्न लागेको यस फिल्मका तीन प्रमुख भूमिकामध्ये माल्भिका एक भूमिकामा देखा पर्नेछिन्। उनको पहिलो चलचित्र गड लिभ्स इन द हिमालय विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन भइसकेको छ। सो फिल्ममा भन्दा यस फिल्ममा आफ्नो भूमिका अझै गहन भएको उनले बताएकी छिन्।
छिट्टै नै छायांकन हुन लागेको गुडबाई काठमाडौंमा मंगोल, ब्राम्हण र नेवार गरी तीन समुदायलाई मुख्य पात्र बनाइएको छ।
जसमा माल्भिकासँगै सुवर्ण थापा, कविता आलेजस्ता पुराना कलाकार छनौट गरिएको छ भने अर्का अग्रज कलाकार टीका पहाडी लामो समयको अन्तरालपछि यसै फिल्मबाट पुनःरागन गर्न लागेको काष्ट डाइरेक्ट अनुप बरालले जानकारी गराए।
साथै नेवार समुदायका निम्ति महेश शाक्यलाई सोचिएको छ भने गुरुङ समुदायका निम्ति अझै कलाकार छनौट गर्न नसकिएको बरालले जानकारी गराए।
मेन्छायेयम प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको सो फिल्ममा कथा राजेश गोंगजुको रहेको छ। ७० लाख बजेट छुट्टयाइएको यस फिल्मको छायांकन कार्य चाँडै नै शुरू हुने निर्माण संस्थाले जनाएको छ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।