महिन्दा राजापाक्षे दोस्रो पटक पनि श्रीलङ्काको राष्ट्रपतिमा निर्वाचित भएको दाबी त्यहाँका सरकारी सञ्चारमाध्यमहरुले गरेका छन् । सरकारी टेलिभिजनले राजापाक्षे १८ लाख भन्दा बढी मत अन्तरले विजयी भएको दाबी गरेका छन् ।
निर्वाचन आयोगले भने आधिकारिक रुपमा नतिजा घोषणा गर्न बाँकी रहेको छ । मतगणनामा राजापाक्षेले आवश्यक ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छन् । श्रीलङ्काको ऐनअनुसार राष्ट्रपतिमा निर्वाचित हुन ५० प्रतिशत मत लयाउनुपर्छ ।
मङ्गलबार सम्पन्न राष्ट्रपतिय चुनावमा करिब ७० प्रतिशत मतदाताले सहभागीता जनाएका थिए । चुनावमा हालका राष्ट्रपति राजापाक्षे र पूर्व सेना प्रमुख जनरल सनथ फेन्सेकाबीच प्रतिष्पर्धा भएको थियो । जसले तमिल विद्रोहीलाई हराउन मुख्य भुमिका खेलेका थिए । जनरल फेन्सेकालाई पूर्व राष्ट्रपति चन्दि्रका कुमारातुङ्गाको समेत समर्थन थियो ।यसैबीच राष्ट्रपति पदका लागि चुनावी मैदानमा उत्रिएका फेन्सेकासहित विपक्षी नेताहरु बसेको होटलमा सेनाले घेराबन्दीको घोषणा गरेको छ । पूर्व सावधानी अपनाउन सुरक्षा बढाइएको दाबी सेनाका प्रवक्ताले गरे पनि जनरल फोसेन्काले चुनाव जितेमा आफूलाई पक्राउ गर्ने डर रहेको बताएका छन् ।
२५ वर्षे लामो गृहयुद्धबाट तामिल बिद्रोहीहरूलाई पराजित गरेपछि श्रीलङ्कामा पहिलो पटक शान्तिपूर्ण वातावरणमा राष्ट्रपतिको चुनाव सम्पन्न भएको हो । केहि ठाउँमा छिटपुट बम विष्फोटनका घटनाहरु भएपनि समग्रमा चुनाव स्वच्छ र शान्तिपूर्ण भएको सरकारी अधिकारीहरुले बताएका छन् ।
बिपक्षी दलहरूले भने चुनावमा वर्तमान राष्ट्रपति राजापाक्षेले राज्यशक्तिको दुरुपयोग गरी धाँधली गर्न सक्ने आशङ्का गर्दै आएका थिए । आफ्नै पार्टीका नेता राजापाक्षेले चुनावमा धाँधलीको तयारी गरिरहेको भन्दै आइतबार पूर्व राष्ट्रपति चन्दि्रका कुमारातुङगाले बिपक्षी उमेदवार फोनसेकालाई समर्थन गर्ने घोषणा गरेकी थिइन् ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।