नेपाल विद्युत प्राधिकरणले विहीबारदेखि दैनिक ११ घण्टा लोडसेडिङ गर्ने भएको छ । यसअघि दैनिक ९ घण्टा लोडसेडिङ हुँदै आएको थियो ।नदी र जलाशयमा पानीको बहाव घट्दै गएकोले विद्युत उत्पादनमा कमी आएको भन्दै प्राधिकरणले लोडसेडिङको अवधि थप दुई घण्टा बढाएको हो । योसँगै सातामा ७७ घण्टा लोडसेडिङ हुनेछ ।
शनिबारदेखि भक्तपुर सब स्टेशनमा बसवार जडान कार्यका लागि खिम्ती र भोटेकोशीको जलविद्युत गृह पुरै बन्द गर्नुपर्ने भएकाले सो दिन थप विद्युत कटौति हुने नेपाल विद्युत प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख शेरसिंह भाटले जानकारी दिनुभयो । पानीको वहावमा अझै कमी आए लोडसेडिङको अवधि थप बढाउन सकिने उहाँले बताउनुभयो ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।