Thursday, January 28, 2010

सिङ्गो सहर प्राचीन शैलीमा निर्माण हुने


नेपालको प्राचीन सहरलाई संरक्षण एवम् जगेर्ना गर्ने अभियानमा जुटेका भक्तपुर दत्तात्रय निवासी रवीन्द्र पुरीले साँगामा प्राचीन शैलीको सिङ्गो सहरको निर्माण सुरु गरेका छन् ।कुखुराको खोरलाई नमुनाघर बनाएबापत युनेस्को एवार्डसमेत प्राप्त गर्ने पुरी अहिले भक्तपुर र काभ्रे जिल्लाको नासिका गाविसस्थित सरस्वतीडाँडामा प्राचीन शैलीका ७० वटा घर निर्माण कार्य गर्ने अभियानमा जुटेका छन् ।
सिङ्गो डाँडाको ५० रोपनी जग्गामा हिमशृङ्खला अवलोकन, काठमाडौ उपत्यका अवलोकन हुने र अंशुवर्माको शिलालेखसमेत भेटिएको सो ठाउँमा लिच्छवीकालीन पुरानै शैलीमा प्राचीन सहर निर्माण गर्न लागेको उहाँले बताउनुभयो ।
नेवार, मगर र तामाङ जातिको बस्तीको बीचमा स्पेनिस नागरिक फर्नान्डोको सहयोगमा रु. तीन लाखदेखि रु. ४० लाख प्रतिरोपनीमा जग्गा खरिद गरी प्राचीन सहर निर्माण सुरु गरेको हो ।
खरिद गरिएको जग्गालाई बैङ्कमा राखेर ऋण लिएर सहरनिर्माण सुरु गरेको पुरीले आगामी तीन वर्षभित्र करिब रु. ५० करोडको लगानीमा प्राचीन सहर निर्माण हुने बताउनुभयो । नेपालका प्राचीन सहर भत्काई आधुनिक घर निर्माण जुटिरहेको देख्दा चिन्ता लागेर पनि आफू प्राचीन सहर निर्माणमा जुटेको उहाँले बताउनुभयो ।
प्राचीन सहरलाई संरक्षण गर्न जुटेका पुरीले यहाँ घर निर्माण गर्दा सबै परम्परागत नेपाली सामानको प्रयोग गर्ने, बस्तीभित्र मठ­-मन्दिर, पाटी, धारा, हरियाली, खुल्ला क्षेत्र, खेल मैदानसमेत रहने बताउनुभयो
यो सहर निर्माणले पुरात्व एवम् ऐतिहासिक क्षेत्रको सरक्षण संरक्षण हुने पुरीको दाबी छ ।


No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।