Saturday, January 30, 2010

नेपाली विद्यार्थीलाई भिसा आवेदनमा रोक

बेलायतले विद्यार्थी भिसाका लागि काठमाडौंमा आवेदन लिने काम सोमबारदेखि अनिश्चितकालका लागि बन्द गर्न भएको छ । बेलायती दूतावासले आज विज्ञप्ति जारी गरी अप्रत्याशित रुपमा विद्यार्थी भिसाको आवेदन बढेका कारण नेपाल र उत्तरी भारतबाट आवेदन लिन बन्द गरेको जानकारी दिएको छ ।
काठमाडौं कार्यालयमा भिसाका लागि आवेदन दिन अनुमति पाइसकेकाहरुको अनुमति पनि अनिश्चितकालका लागि रद्द गरिएको छ ।
विज्ञप्तिमा ‘अस्थायी’ रुपमा बन्द गरिएको आवेदन पुनः कहिले लिने भन्ने स्पष्ट पारिएको छैन ।
‘टायर फोर प्वाइन्ट बेस्ड सिस्टम’ अन्तर्गत विद्यार्थीलाई भिसा बाँड्न थालेपछि नेपाल लगायत दक्षिण एसियाली देशहरुबाट बेलायत जाने विद्यार्थीहरुको संख्या ह्वात्तै बढेको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।